अस्ताए अन्तिम चन्द्रयात्री
माघ ५, २०७३- चन्द्रमामा पुग्ने अन्तिम अन्तरिक्ष यात्री युजिन सर्ननको ८२ वर्षको उमेरमा निधन भएको छ । सर्नन त्यस्ता तीन अन्तरिक्ष यात्रीमध्येका एक हुन्, जो दुईपल्ट चन्द्रमामा पुगेका थिए । एपोलो–१७ का मिसन कमान्डर समेत रहेका सर्नन १९७२ को यात्रामा चन्द्रमाको जमिन छाड्ने अन्तिम व्यक्ति थिए ।
अमेरिकाद्वारा प्रक्षेपित अन्तरिक्ष यान एपोलो–१७ लाई ‘कमान्ड’ गर्दै उनी ११ डिसेम्बर १९७२ मा चन्द्रमामा उत्रिएका थिए । फर्कने क्रममा सर्ननले अन्तिम पाइला उचालेयता चन्द्रमामा अर्को व्यक्तिले अहिलेसम्म पाइला टेकेको छैन । अमेरिकाले चन्द्रमामा रकेट प्रक्षेपण योजना १९७२ यता स्थगित गरेपछि चन्द्रयात्रामा पनि विराम लागेको हो । पछि अमेरिका र रुसले चन्द्रमा तथा अन्य ग्रहहरूको संयक्त अनुसन्धान भने गर्दै आएका छन् । सर्ननपछि कसैलाई चन्द्रमामा पाइला टेक्ने अवसर नमिलेकाले उनी अन्तिम चन्द्रयात्रीका रूपमा मानिएका हुन् ।


0 comments
प्रतिकृया दिनुहोस