आशिष्मासँग पक्का भयो आमेशको जोडी
फूलै फूलको मौसम तिमीलाई’बाट नेपाली फिल्ममा डेब्यू गरेका अभिनेता आमेश भण्डारीले तेश्रो फिल्ममा अभिनेत्री अशिष्मा नकर्मीसँग जोडी बाँध्ने भएका छन्। उनले बसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्ममा आशिष्मासँग जोडी बाँध्न लागेका हुन्।
फिल्ममा सलोन बस्नेतको समेत अभिनय रहने छ। आमेशको ‘तँ म र ऊ’ यसै वर्ष प्रदर्शनमा आएको थियो तर फिल्म कतिखेर आयो गयो भन्ने नै थाहा भएन्। प्रचार बिना फिल्म रिलिज भएकाले फिल्म चर्चा नभई बकस्अफिसमा फ्लप भयो।


0 comments
प्रतिकृया दिनुहोस