किन यी अविभाहीत जाेडीले एउटै डोरीको पासो लगार्इ गरे आत्महत्या ?
झापा ७ माघ । समाजमा अन्तरजातीय विवाहले अझैंपनि मान्यता पाएको छैन । यदा कदा प्रेम मार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरे पनि पूर्ण रुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् । यसकै पछिल्लो उदाहरण हो – झापाको कनकाई नगरपालिका –६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका इश्वर भट्टराईको आत्महत्या पनि । उनीहरुले आज विहान एकै ठाउँमा आत्महत्या गरेका छन् ।
माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र उनको फूलमाला पनि भइसकेको पारिवारिक श्रोतले जनाएको छ । अस्मिताको विवाह विराटनगर निवासी एक व्यक्तिसंग निश्चित भएर फूलमाला भएको बताइएको छ । भट्टराई भने चालकको काम गर्दै आएको र उनले ट्याक्टर चलाउदै आएको स्थानीयवासीले बताएका छन् ।



0 comments
प्रतिकृया दिनुहोस