अमेरिकामा ठूलो आँधी, १८ जनाको मृत्यु
काठमाडौं, १० माघ । अमेरिकाको दक्षिणी क्षेत्रमा भएको खराब मौसम तथा आँधीका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

अलबामा, फ्लोरिडो उत्तरी क्षेत्र र जर्जियाको दक्षिणी क्षेत्रमा आएको खराब मौसमका कारण उक्त हताहती भएको बीबीसीले जनाएको छ ।
खराब मौसमसँगै आएको आँधीबेहरीका कारण बढी प्रभावित भएको जर्जियाको दक्षिणी क्षेत्रका सात काउन्टीमा आपत्तकालीन अवस्था घोषणा गरिएको छ ।
फ्लोरिडाको उत्तरी क्षेत्र तथा जर्जियाको दक्षिणी क्षेत्रमा अझै आँधीबेहरी आउन सक्ने अमेरिकी मौसम विभागले जनाएको छ ।
यसैबीच नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै राहत प्रदान गर्ने बताएका बीबीसीले जनाएको छ ।

0 comments
प्रतिकृया दिनुहोस