त्रिशुली नदीमा ट्यांकर दुर्घटना हुँदा एकको मृत्यु
चितवन । मंगलबार राति त्रिशुली नदीमा ट्यांकर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । सहचालक घाइते भएका छन् ।
मंगलबार ११ बजे काठमाडौँबाट बाराका लागि हिडेको रित्तो पेट्रोल ट्याङ्गकर मुग्लिन नारायणगढ सडक खण्डको चण्डिभञ्याङ्ग ५ कालिखोला नजिक चालकसहित ट्याङ्गकर वेपत्ता भएको भएको थियो । बेपत्ता ट्यांकर र चालकको प्रहरीले खोजी कार्य गरी बुधबार चालक बारा अमलेखगञ्जका उमेश तामाङ मृत फेला परेका छन् भने र ट्रयांकर १ किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते सहचालक प्रदीप लामाको चितवन प्रहरीले घटना लगत्तै उद्दार गरी मेडिकल साईन्सेस शिक्षण अस्पतालमा उपचारार्थ भर्ना गराएको । लामाको दुवै खुट भचिएको छ ।


0 comments
प्रतिकृया दिनुहोस