मुग्लिन–नारायणगढ सडकमा पहिरो अपडेट : १० जना बढी पुरिएको आशंका, आज बाटो नखुल्ने -

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डमा सुख्खा पहिरोमा परी चारवटा गाडी र ५ वटा मोटरसाइकल पुरिएका छन् । एउटा बस, एउटा ट्रक, एउटा पिकअप भ्यान र कार पुरिएको चितवन प्रहरीले जनाएको छ । पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । लमजुङका १५ बर्षीय सञ्जीव राना र बीरगञ्जका ३६ बर्षीय बन्नु पटेलको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । पुरिएका सवारीमा १० जना बढी पुरिएको अनुमान छ । अहिले उद्दार टोली घटनास्थल पुगिसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्दार टोली घटनास्थल पुगेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आज सडक खुल्ने सम्भावना निकै कम छ ।

0 comments

प्रतिकृया दिनुहोस