नेपाल मा आए २८ देशका सेना हतियार सहित ||

World Army Joint Training Exercise - 2017 in Nepal नया नया जानकारी को लागि हाम्रो नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सोमबारदेखि २८ मुलुकका एक हजार २४ सेनाले संयुक्त सैन्य अभ्यास गर्दै छन् । नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डको संयुक्त आयोजनामा हुने बहुपक्षीय सैन्य अभ्यास २१ चैतमा सकिने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार पाँचखालमा सैन्य अभ्यास उद्घाटन गर्दै छन् । सैन्य अभ्यासलाई ‘अभ्यास शान्ति प्रयास ३’ नाम दिइएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा कार्यरत मुलुकका सेनाबीच तालिम र सहकार्यमा सामन्जस्य कायम गर्न हरेक वर्ष यस्तो अभ्यास आयोजना हुँदै आएको छ । नेपालमा तेस्रो पटक यो अभ्यास हुँदैछ । पहिलोपटक सन् २००० जनवरीमा र दोस्रोपटक सन् २०१३ मार्च १९ देखि ७ अप्रिलसम्म नेपालमा बहुपक्षीय शान्ति अभ्यास आयोजना भएको थियो ।

0 comments

प्रतिकृया दिनुहोस