व्रतबन्धपछि पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्र वसन्तपुर पुग्दा…
काठमाडौं, १७ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति एवं पारस शाह र हिमानी शाहका छोरा हृदयेन्द्रको आज (बिहीबार उपनयन (व्रतबन्ध) भएको निर्मल निवासमा बिहीबार दिउँसो १ बजेर १५ मिनेटको शुभसाइतमा हृदयेन्द्रको व्रतबन्ध भएको हो । शाह परम्पराअनुसार व्रतबन्धपछि हृदयेन्द्र वसन्तपुर दरबार क्षेत्रमा अवस्थित राज्य गणेश अशोकविनायक मन्दिरमा दर्शन गर्न पुगेका थिए । निर्मल निवासमा भएको व्रतबन्धको समाचार संकलन तथा तस्विर लिन सञ्चार माध्यमलाई अनुमति नदिइएपनि वसन्तपुरको भने लिइएको हो । वसन्तपुरमा हृदयेन्द्रलाई छाता ओढाएर ल्याएको थियो । बिहीबार व्रतबन्ध गरिएपनि एक सातापछि पार्टी गर्ने पूर्वराज परिवारको योजना छ ।पूर्वराजा शाहले हृदयेन्द्रको व्रतबन्धको पार्टी सोल्टी होटलमा आयोजना गरेका छन् । यही चैत २४ गते आयोजना हुने पार्टीमा तीन हजार बढीलाई निमन्त्रणा कार्ड बाँडिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, बुद्धिजीवी, कूटनीतिक नियोग, कानुनविद्, पत्रकारहरूलाई पनि निमन्त्रणा कार्ड बाँडिएको छ । पार्टीका लागि निर्मल निवासले एक महिनादेखि नै तयारी गरेको थियो । #media np

0 comments
प्रतिकृया दिनुहोस