आज को फूटबल खेल म नेपाल ले बाजी मारो
चैत्र १३, २०७३- पाँचौ एसियन आप्रवासी फुटवल लिगमा नेपालले फिलिपिन्सलाई २–० पराजित गरेको छ । कतार फुटवल एशोसियसनद्धारा आयोजित खेलको ७ औ मिनेटमा अर्जुन सुब्बा र ४५ औं मिनेटमा भक्त भण्डारीले गोल गरेका थिए । खेल अबधीभर बल नेपाली खेलाडीको बर्चस्वमा थियो । यो खेलमा नेपालले जापान र मलेसियासँग भन्दा कमजोर प्रस्तुत गरेको थियो । ‘पहिला भन्दा खेलाडीले निकै कमजोर खेले,’ दर्शक डिएस तितुङ तामाङले भने,‘खेलाडीहरुले सुधार गर्नुपर्छ ।’ यसअघि जापानलाई ०–१० र मलेसियालाई २–१ हराएको थियो । गत हप्ता भारतसँग भने मैत्रीपुर्ण खेल खेलेको थियो । खेल वराबरी २–२ मा टुङगिएको थियो । नेपाली फुटवल टिमका अध्यक्ष सञ्जिव रानाभाटले खेलाडीहरुसँग तालमेल नभएकोले शशक्त प्रर्दशन गर्न नसकेको बताए । ‘धेरै अबसरहरु खेर गयो । तालमेलको अभाब देखियो,’ उनले भने,‘हामी आउदो खेलमा कमजोरीलाई सुधार गरी खेल्छौं


0 comments
प्रतिकृया दिनुहोस