आज मिती २०७३ साल चैत्र चैत्र १५ गते मंगलवार:– आजको पञ्चाङ्ग -
ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।“ पञ्चाङ्ग Click Here For Trending News Revcontent Honored with Ad Age's Best Places to Work 2016 Recommendations Must Be Thoughtful, Not Random Sponsored by Revcontent श्रीसूर्य उत्तरायण बसन्त ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल चैत्र १५ गते मंगलवार नेपाल सम्बत ११३७ चिल्लागा,सन् २०१७ मार्च २८ तारिक कृष्णपक्ष औसी तिथि विहान ८ वजेर ४३ मिनेटसम्म, उत्तरभाद्रा नक्षत्र अपरान्ह २ वजेर १७ मिनेटसम्म, ब्रह्मयोग, नाग करण, आनन्दादियोग सिद्धि, सूर्य मीन राशीमा, चन्द्रमा पनि मीन राशीमा । आजको बारवेला,शुभ साईत सूर्योदयबाट विहान ७÷३३ वजेसम्म रोग वेला,७÷३३ देखि ९÷५ वजेसम्म उद्वेग वेला, ९÷५ देखि १०÷३७ वजेसम्म चर वेला, १०÷३७ देखि १२÷९ वजेसम्म लाभ वेला,१२÷९ देखि १÷४१ वजेसम्म अमृत वेला,१÷४१ देखि ३÷१४ वजेसम्म काल वेला, ३÷१४ देखि ४÷४६ वजेसम्म शुभ वेला र ४÷४६ देखि सूर्यास्त सम्म रोग वेला रहनेछ । नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ । आज जन्मिने व्यक्तिको स्वभाव र स्वरुप आज जन्मिने व्यक्ति– ठुला ठुला हात खुट्टा,चौडा धाती ,पाण्डु वर्ण भएका हुनेछन् । स्वभाव– मांस भोजी, रसिलो वस्तु रुचाउने, क्रोध अंहकारी जस्ता विकार भएको ,साधु सन्तको सेवा गर्ने, अल्प भोजी, तीक्ष्ण वुद्धिका ,दैविगुण भएका हुनेछन् । भाग्योदय– २१ र २८ वर्षको वीचमा हुनेछ । शिक्षा, पेशा व्यवसायमा –रसायन विज्ञान, फार्मेसी,दर्शन शास्त्र, विमा,विद्युतकार्य सँग सबन्धित ,गणित,नेतृत्व प्रदान गर्न सक्ने एवं अग्नि तत्व प्रधान कार्यमा निपूर्ण हुनेछन् । शुभ अंक २,५र ७ तथा अशुभ अंक— ६ र ८ हुनेछ । शुभ वार—आइतवार वुधबार र विहिवार तथा अशुभबार—शनिवार र शुक्रबार हुनेछ । शुभ दिशा—पूर्व, अशुभ दिशा पश्चिम हुनेछ मेषः– जोखिमपूर्ण यात्रा नगर्नु होला । समयले साथ दिने देखिन्न । व्यापार व्यवसायबाट लाभ भन्दा हानी बढि हुनसक्छ । अनावस्यक खर्चमा तिव्रता आउनेछ । आरोपको सामना गर्नु पर्ला । वृषः–सामान्यतया दिन अनुकुल जस्तै देखिन्छ । गोपनियता अप्नाई काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । यात्राबाट लाभान्वित हुनु हुनेछ । आफन्तजनको सहयोग पाईनेछ । मिथुनः–काममा देखिएका समस्या कम भएर जानेछन् । लेनदेख कारोवारमा सुधार आउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । नोकरी तथा राजनीतिमा नयाँ सम्भावना देखिनेछन् । कर्कटः–मानसिक तनावमा थोरै कमि आउनेछ । खर्चदायक यात्राको सम्भावनालाई नकार्न सकिन्न । दैनिक काम काजमा सामान्य प्रगति हुनेछ । व्यापार मन्द नै रहला । आलोचना बढ्नसक्छ । सिंहः– दैनिक काम काजमा अवरोध आउन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । मनमा अशान्ति बढ्नेछ । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । दिएको धन उठ्ने छैन । कन्याः– मिलेर कामान लगानी नगर्नु उत्तम हुनेछ । प्रयत्न नगरि नयाँ काम हात पर्ने छैन । नेतृत्वदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । स्वतन्त्र व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । तुलाः– घर परिवारबाट टाढा बसेर काम गर्दा बढि सफलता मिल्न सक्छ तर आनन्द भने मिल्ने छैन । काममा अरुको गिद्धे दृष्टि पर्नेछ,खटेर डटेर काम गर्नु होला । परिश्रमानुसारको प्रतिफल पाईनेछ । वृश्चिकः– अरुको भर विश्वासमा काम नगर्नु होला । तपाई माथि भ्रमको खेती हुन सक्छ सोच विचार काम गर्नु होला । पढाई लेखाईमा अवरोध आउन सक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । धनुः– समस्याको जालोबाट उम्किन गाह्रो हुनेछ । घरयासी खर्चमा तिव्रता आउनेछ । दैनिक काम काजमा अवरोध आउन सक्छ । अरुको काम गरे नाम न जश खरानी घस हुनसक्छ । उल्टो आलोचना सुन्नु पर्ला मकरः– लगानी कम श्रम बढि लगानी गरेर काम गर्नु होला । उद्योग,धन्दा बन्द व्यापारमा सम्भावना राम्रै देखिन्छ । ऋण लगानीमा जोड नदिनु होला । धैर्यतापूर्वक गरेका काम सफल हुनेछन् । आम्दानी बढ्नेछ । कुम्भः–धन दिएर मनमा ग्रहण लाग्ने काम नगर्नु होला । आफन्तका कारण काममा विलम्ब हुनसक्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । व्यापार घाटा बढ्न सक्छ । मिनः– अन्योललाई चिरेर अगाडि बढ्न सके दिन उपलब्धिमूलक रहनेछ । भावावेगमा आएर निर्णय नबदल्नु होला घाटा हुनेछ । कार्य क्षमतामा भने कुनै कमि आउने छैन । स्वतन्त्र व्यापारबाट आम्दानी बढ्नेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।“ – ज्यो. पण्डित वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः gurupatrakar@gmail.com

0 comments
प्रतिकृया दिनुहोस