काठमाडौं, ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यको मंगलबार भएको निर्वाचनमा अध्यक्ष कमल थापा निकट नेताहरूले बहुमत केन्द्रीय सदस्यमा विजयी हासिल गरेका छन् ।
९८ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा पूर्वमन्त्री बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन् । उनले केन्द्रिय सदस्यको खुलातर्फ १९ सय २८ मत प्राप्त गरे । केन्द्रीय सदस्यको खुलातर्फ दोस्रो नम्बरमा विक्रम पाण्डे रहे । उनले १९ सय २६ मत प्राप्त गरे । तेस्रो नम्बरमा रहेकी गायिका कोमल वलीले १८ सय ५७ मत पाइन् । चौथो नम्बरमा धवलशमशेर राणा रहे । उनले १७ सय ३९ मत प्राप्त गरे । पाँचौ नम्बरमा राजेन्द्र लिङ्देनले १६ सय ६४ मत प्राप्त गरे ।
केन्द्रीय सदस्य पदमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र स्वर्गीय सूर्यबहादुर थापाका दुवै छोरा पनि विजयी भए । जयन्त चन्दले १५ सय ८९ मत प्राप्त गरे । उनी खुलातर्फ छैटौं नम्बरमा रहे । सातौ नम्बरमा जितेका सुनिल थापाले १५ सय ५१ मत पाए ।
आठौ नम्बरमा रहेका राजीव पराजुलीले १५ सय ४२ मत पाए । नवौं नम्बरमा प्रेम बलायरले १४ सय ४९ मत ल्याए । पूर्वआईजिपी ध्रबबहादुर प्रधानले दसौं नम्बरमा ११ सय ८९ मत प्राप्त गरे ।
यस्तै, दीपक बहादुर सिंहले ११ सय ८३, भुवन पाठकले ११ सय ७४, गोविन्दराज खनियाँले ११ सय ६९, राजेश गिरीले ११ सय २८, विक्रमबहादुर थापाले एक हजार ९०, दिलविकास राजभण्डारीले एक हजार ९०, रवीन्द्रप्रताप शाहले एक हजार ६६, राजाराम श्रेष्ठले एक हजार ५५, प्रेमबहादुर भण्डारीले एक हजार ४२,. जगत गौचनले एक हजार ३३ मत ल्याएका छन् । मोहन श्रेष्ठ, राजाराम बर्तौला, चर्चित नायिका रेखा थापा, गायिका मीरा राणा, कुन्ती शाही र प्रतिभा राणा निर्वाचित भएका छन् ।
मंगलबार भएको मतदानमा कूल २८ सयले मतदान गरेका थिए । मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिएको थियो ।
राप्रपा केन्द्रीय सदस्यमा अध्यक्ष कमल थापा निकट नेता हाबी, सर्वाधिक पहिलो बुद्धिमान, तेस्रोमा कोमल वली


0 comments
प्रतिकृया दिनुहोस