बेहुलीझैं सजिएपछि ४ वर्षीया छोरीको गरिन् हत्या, पछि उनलाई कम्मरमा बाँधेर लगाइन् पासो

कोलोनीमा बस्ने सहदेव राउत बेलुकी साढे ६ बजेतिर घर पुग्दा ढोका भित्रबाट बन्द भएको पाए ।

– निकै बेर ढोका ढक्ढकाएपछि पनि भित्रबाट केही आवाज नआएपछि सहदेवले ढोका तोडिदिए ।

– उनी कोठाभित्र पुग्ने बित्तिकै आफ्नी श्रीमती निर्मला डोरीमा झुण्डिरहेको र सँगै चार वर्षीया छोरी अंशिकाको शवपनि कम्मरमा बाँधेको भेटे ।
छिमेकीले भने, ‘श्रीमान्–श्रीमतीको सम्बन्ध राम्रो थियो’

– छिमेकीका अनुसार सहदेव र निर्मलाको विवाद सन् २०११ को मे १३ तारिखमा भएको थियो । दुबैको सम्बन्ध निकै राम्रो थियो । उनीहरुको कहिले पनि झगडा भएको नदेखेको छिमेकीले बताएका छन् ।

– सहदेव राउस्थित रिजनल फरेन्सिक साइन्स ल्याबमा टेक्निसियनको रुपमा काम गर्छन् ।

साइटिका रोगले तनावमा थिइन् निर्मलाः

– निर्मला साइटिका (Sciatica) रोगले तनावमा भएपछि यस्तो कदम उठाएको छिमेकीहरुको ठहर छ
पुलिस के भन्छन् ?

– सिएसपी पारुल बेलापुरकर भन्छन्, ‘विक्षिप्त श्रीमान् केही बोल्ने स्थितीमा छैनन् । छिमेकीसँग निर्मलाको धेरै घुलमिल थिएन ।’

– ‘निर्मला घरमा नै सिलाईको काम गर्थिन् । कुनै सुसाइड नोट पनि भेटिएको छैन ।’

0 comments

प्रतिकृया दिनुहोस