अष्ट्रेलियाको सपिङ सेन्टरमा विमान छिर्दा भयानक दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

अष्ट्रेलियाको मेलबर्नमा एक विमान शपिङ सेन्टरमा छिरेपछि विमानमा सवार पाँचै जनाको मृत्यु भएको छ । भिक्टोरियाको प्रिमियर ड्यानियल एन्ड्रुजले सो कुराको जानकारी दिएका हुन् ।

उडान भरेको केही समयपश्चात् नै बिचक्राफ्ट प्लेन सपिङ सेन्टरभित्र छिरेको बताइएको छ ।

दुर्घटनाको जानकारी दिँदै ड्यानियलले दुर्घटना तीस वर्षको अन्तरालमा मेलबर्नको सबैभन्दा भयानक सिभिल एभियसन दुर्घटना भएको बताएका छन् ।

पुलिसका अनुसार जब विमान ठोक्कियो तब त्यतिबेला सपिङ सेन्टर बन्द थियो र सम्भवतः त्यहाँभित्र कसैको पनि मृत्यु भएको छैन । भिक्टोरिया प्रान्तका पुलिस मन्त्री लिसा नेविलीका अनुसार यो विमान नजिकैको बेस स्ट्रेटस्थित तास्मानिया किंग आइल्याण्ड गइरहेको थियो र यसमा सवार पाँचै जनाको मृत्यु भएको छ । शपिङ सेन्टरका प्रवक्ताका अनुसार विमान दुर्घटनाग्रस्त भएर सपिङ सेन्टरको पछिल्लो वेयरहाउसमा हस्यो तर त्यहाँका सबै कर्मचरी सुरक्षित छन् ।

स्मरण रहोस्, सेन्ट्रल मेलबर्नबाट करिब १३ किलोमिटर टाढा रहेको एसेन्डन एयरपोर्टको प्रयोग विशेषगरी हल्का विमानका लागि गरिन्छ । अष्ट्रेलियाली ट्रान्सपोर्ट सेफ्टी ब्यूरोका अनुसार स्थानीय समयानुसार बिहान ९ बजे उडान भरेपछि दुई इन्जिन भएको बिचक्राफ्ट २०० किंग एयर विमानको दुर्घटनाको कारण बारे अनुसन्धान गरिनेछ ।

0 comments

प्रतिकृया दिनुहोस