भारतीय इन्जिनियरको अमेरिकामा गोली हानी हत्या
काठमाडौँ, १३ फागुन । भारतीय एक इन्जिनियरको अमेरिकामा गोली हानी हत्या गरिएको छ। गोली लागि घाइते भएका ३२ वर्षीय भारतीय इन्जिनियर श्रीनिवास कुचीवोतलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बुधबार वेलुकी दुई भारतीय सहित तीन जनामाथि गोली चलाइएको थियो। गोली लागेर ३२ वर्षीय आलोक मदासानी र २४ वर्षीय ग्रिलाट गम्भिर घाइते भएका छन्। यो घटना अमेरिकाको ओलेथ शहरमा भएको समाचारमा जनाइएको छ।
आक्रमणमा संलग्न ५१ वर्षीय एडम पुरिन्टनलाई प्रहरीले पक्राउ गरेको छ। आक्रमणकारीले ठूलो स्वरले चिच्याउँदै 'मेरो देशबाट निस्केर जाओ' भन्दै ती व्यक्तिमाथि गोली चलाएको स्थानीय मिडियाले जनाएका छन्। यस घटनाको अनुसन्धानका लागि प्रहरीले अहिलेसम्म त्यहाँका अधिकारीसँग बयान नलिएको समाचारमा उल्लेख छ।


0 comments
प्रतिकृया दिनुहोस