दुर्घटनामा ९ जनाको मृत्यु
काठमाडौं, ११ फागुन। बेग्लाबेग्लै दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भएका दुर्घटनामा सिराहामा मात्रै चारजनाको ज्यान गएको छ।
सिराहा पिप्रा–५ स्थित भित्रि सडकखण्डमा अनटेस्ट ट्याक्टर मंगलबार नहरमा खस्दा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १८ बर्षीय रुपेश यादव र १८ बर्षीय हरेराम यादवको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा गम्भीर घाईते भएका सोही ठाउँ बस्ने १६ बर्षीय नितेश यादवलाई जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रमममा मृत्यु भएको छ।
सिराहाकै गोलबजार नगरपालिका–८ स्थित महेन्द्र राजमार्गमा मंगलबार स. १ त ३२४८ नम्बरको ट्याक्टर दुर्घट्ना हुँदा धनगढीमाई नगरपालिका–१० बस्ने ५५ बर्षीय मोहनती यादवको मृत्यु भएको छ।
कपिलबस्तु बुद्धबाटिका नगरपालिका–५ गोरुसिंगे बजारस्थित महेन्द्र राजमार्गमा बुधबार ना. ५ ख १२८० नम्बरको बसले हाल नाम, थर, वतन नखुलेका करिव ६० बर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ।
बाँके महादेवपुरी–५ झिझरी खोलास्थित महेन्द्र राजमार्गमा नम्बर नखुलेको सवारी साधनले करिव ६५ बर्षीय हाल नाम, थर, वतन खुल्न नसकेका पुरुष ब्यक्तिलाई ठक्कर दिँदा गम्भीर ति व्यक्तिको मृत्यु भएको छ।
रुपन्देही सैनामैना नगरपालिका–१ बनकट्टास्थित महेन्द्र राजमार्गमा नम्बर नखुलेको सवारी साधनले सोही नगरपालिका–१३ बस्ने ७१ बर्षीय याम बहादुर दर्जीलाई ठक्कर दिंदा उनको मृत्यु भएको छ।
नवलपरासी कावासोती नगरपालिका–३ स्थित महेन्द्र राजमार्गमा ना. ५ ख ५७६३ नम्बरको बसले करिव ४५ बर्षीय नाम, थर, वतन नखुलेका पुरुष ब्यक्तिलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ।
बारा गढिमाई नगरपालिका–९ छातापिपरास्थित विरगंजपथलैया सडकखण्डमा बुधबार ना. ५ ख ६५६९ नम्बरको बसले सोही ठाउँ –९ बस्ने ६५ बर्षीय लखनलाल चौधरीलाई ठक्कर दिँदा घट्नास्थलमै मृत्यु भएको छ।
सर्लाही हरीवन नगरपालिका–१० स्थित महेन्द्र राजमार्गमा ना. ४ ख ५२५४ नम्बरको बसले उँखु बोकेको टायर गाडालाई ठक्कर दिँदा टायर गाडा चालकको मृत्यु भएको छ। हरीवन नगरपालिका–१० ताईवान बस्ने ४३ बर्षीय चुन बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो।


0 comments
प्रतिकृया दिनुहोस