बाबुराम र उपेन्द्रका पार्टीसँग आयोगले माग्यो स्पष्टिकरण
समयमा आयव्यव विवरण नबझाएको भन्दै निर्वाचन आयोगकले बाबुराम भट्टराई अध्यक्ष रहेको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग स्पष्टिकरण सोधेको छ।
बिहिबार सार्वजनिक सूचना जारी गर्दै आयोगले आर्थिक वर्ष ०७२/०७३सकिएको छ महिनासम्म दलको आयव्यव विवरण नबुझाउने ३० वटा दललाई जरिवाना किन नगर्ने भन्दै तीन दिन भित्र जवाफ दिन स्पष्टिकरण सोधेको हो।
भट्टराईको नयाँ शक्ति र यादवको फोरमले छ महिनाको अवधि सकिएपछि आयोगलाई आयव्ययको विवरण बुझाएका थिए।
अहिलेसम्म पनि आयव्यव नबुझाउने अन्य दलमा नेपाली कांग्रेस राष्ट्रवादी, चुरे भावर राष्ट्रिय पार्टी लगायतका दल रहेका छन्। राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा १६ मा तोकिएको समयमा आयव्यव विवरण नबुझाउने राजनीतिक दललाई सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ।


0 comments
प्रतिकृया दिनुहोस