विश्वकप जितेको ३० वर्षपछि मेडल
काठमाडौं, माघ ९ – सन् १९८७ को विश्वकप क्रिकेट जित्ने अष्ट्रेलियाली टिमका सदस्यले ३० वर्षपछि मेडल प्राप्त गरेका छन् । आइतबार सिड्नीमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले खेलाडीहरुलाई मेडल प्रदान गरेको हो
विश्वकप क्रिकेट जित्ने खेलाडीलाई पदक तथा पुरस्कार दिने जिम्मा प्रतियोगिता आयोजक देशको क्रिकेट संघको हुने भए पनि ३० वर्षसम्म पदक नपाएका अष्ट्रेलियाली खेलाडीलाई भने आइसिसीले पदक दिएको हो । आइसिसीले पोहोर नै १९८७ को विश्वकप
जित्ने खेलाडीलाई पदक वितरण गर्ने निर्णय गरेको थियो । ‘हामी क्रिकेट अष्ट्रेलिया र आइसिसीप्रति कृतज्ञ छौं’ सिड्नीमा पदक पाएपछि बोर्डरले भने ‘यो समूहका सबै एक पटक जम्मा हुँदा धेरै रमाइलो लागेको छ ।’



0 comments
प्रतिकृया दिनुहोस