‘म एकदिन निकै चर्चित हुनेछु, चाहे यसका लागि मैले अमेरिकी राष्ट्रपति नै किन बन्न नपरोस्, यो मेरो कसम हो ।’ स्कूलमा साथीसँग झगडा पर्दा १२ वर्षे डोनल्ड ट्रम्पले आफ्ना साथी पल अनिसलाई यो कुरा भनेका थिए । रिसमा खाएको यो कसम वास्तविक रुपमा पूरा हुँदै छ । ७० वर्षका ट्रम्प आज अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् ।
यो मौकामा भारतीय अनलाइन दैनिक भाष्करले ट्रम्पबारे विभिन्न रोचक तथ्य आफ्ना पाठकहरुमाझ पस्किएको छ । दैनिक भाष्करका लागि अमेरिकामा रहेका रोहितास्वा मिश्रा र अरिफ जमलले ट्रम्पसँगै स्कूल–कलेजमा पढ्ने तीन व्यक्तित्वसँग कुराकानी गरेर उनीबारेका रोचक तथ्य सार्वजनिक गरेका हुन् । यति मात्र होइन, बाल्यकालमा न्यूयोर्ककका डन भनिने ट्रम्पका बहिनीहरुसँग पनि कुराकानी गरेर निष्कर्ष निकालिएको बताइएको छ । धनी बुवाको बिग्रिएको छोरा भनेर परिचित उनका १० रोचक तथ्य सायद तपाईंले सुन्नुभएको छैन होला ।
कसले भनेः पल अनिस
को हुन्ः ट्रम्पका १ कक्षादेखि ब्याचलरसम्मका सहपाठी
– ट्रम्पका न्यूयोर्क मिलिट्री एकेडेमीका सहपाठी पल अनिसले ट्रम्प आफ्नो बेइज्जत सहन नसक्ने मानिस हुन् । उनी भन्छन्, ‘एक पटक ट्रम्प र म टाइम्स स्क्वायरमा फिल्म हेर्न गएका थियौं । त्यहाँ हाम्रो टिकट हरायो । हलका सुरक्षाकर्मीले टिकट मागे तर हामीसँग टिकट नभएकाले उनले धक्का दिएर बाहिर निकाले ।’
– ‘धक्का दिँदा ट्रम्प लडे । थोरै चोट पनि लाग्यो । उनले उठेर ती सुरक्षाकर्मीलाई धकेले र त्यहाँबाट भागे । घर पुगेपछि उनले घटनाबारे आफ्नो बुवा फ्रेडलाई सबै कुरा बताए । फ्रेड त्यतिबेला रियल स्टेटका ठूला व्यवसायीमध्येका एक थिए ।’ उनले भने ।
– ‘सुरुदेखिकै बुवाका निकै प्रिय ट्रम्पले उक्त फिल्म हल आफ्नो लागि किनिदिए मात्र मिलिट्रि स्कूल फिर्ता हुने शर्त राखे । प्रोपर्टी डिलिङमा पोख्त ट्रम्पका बुवाले ट्रम्पलाई २÷३ दिनसम्म यत्तिकै झुलाए । तर उनले लगातार जिद्दी गरेपछि उनले उक्त फिल्म हल ट्रम्पका लागि किनिदिए ।’
२. १० वर्षको उमेरमा शिक्षिकलाई थप्पड हानेर नाचेका थिएः
कसले भनेः पल अनिस
– ट्रम्पको सुरुवाती पढाई न्यूयोर्कमा उनको घर नजिकै किन्डरगार्टन स्कूल क्यु–फरेष्ट मा भएको थियो । उनका बुवा किन्डरगार्टन बोर्डका सदस्य थिए । यो कुरा नै उनका लागि फाइदा भयो । उनले जतिसुकै बदमासी गरेपनि विद्याल प्रशासनले केही गर्न सक्दैनथ्यो ।
– क्वु फरेष्टका उनका सहपाठी पल अनिसले भने, ‘म र ट्रम्प जब ४ वा ५ कक्षामा थियौं तब ट्रम्पले एक शिक्षिकालाई थप्पड हाने । ती शिक्षिकाले राम्रोसँग नपढाएको भनी उनले थप्पड हानेका थिए । यद्यपी, उनले निकै राम्रोसँग पढाउने गर्दथिन् ।’
– ‘ती शिक्षिकाले प्रधानाध्यापकलाई भनिन् । उनले ट्रम्पलाई बोलाए पनि तर कुनै सजायँ नदिई छोडिदिए । बाहिर आएपछि उनले ती शिक्षिकाको अगाडि नै नाच्न थाले । ट्रम्पको यो व्यवहार निकै समयसम्म चर्चामा रहेको थियो ।’
लाइनमा बस्नु नपरोस् भनेर सन् १९८८ मा खरिद गरे सुनको लिमोजिन कार
कसले भनिन्ः एलिजाबेथ ट्रम्प
को हुन्ः ट्रम्पकी दिदी
– ट्रम्पलाई कुर्न र लाइनमा बस्न रत्तिभर पनि मनपर्दैन । यसैबाट बच्नका लागि उनले ३० वर्ष पहिले सुनले लेपन गरिएको लिमोजिन कार खरिद गरे ।
– ट्रम्पकी दिदीले यससँग जोडिएको एक तथ्यबारे भनिन्, ‘सन् १९८७ को कुरा हो । म र ट्रम्प मिटिङ सिद्धाएर एक होटलबाट बाहिर निस्किरहेका थियौं । होटलमा पार्किङबाट लबीसम्म गाडी ल्याउने एकजना मात्र ड्राइभर थिए । उनले पनि होटलका भिभिआइपी पाहुनाको गाडी निकालिरहेका थिए ।’
– ‘पाँच मिनेटसम्म प्रतिक्षा गरेपछि ड्राइभरलाई कहिले गाडी निकालिदिने हो भनेर सोध्दा उनले ३÷४ वटा गाडी पछि उनको पालो आउने बताए । उनले लाइनमा थोरै समय बस्नुपर्ने बताए । यो सुनेर ट्रम्पले मलाई गाडी ल्याउन आग्रह गरेर सिधै कार कम्पनी क्याडलिकको अफिस गए । त्यहाा सुनले लेपन गरिएको कारको अर्डर दिए । ’
–सन् १९८८ मा क्याडेलिक कम्पनीले ट्रम्पले भने अनुसारको २४ क्यारेट सुनले लेपन गरेको कार तयार गरे । आजभन्दा तीस वर्ष पहिले यसमा टिभी, फ्रिज, फ्याक्स, फोन, बार र मनोरञ्जनका थुप्रै सुविधा थिए । कारको लम्बाई करिब २३ फिटको थियो ।’
४. जब स्कूलमा बम र चक्कु लिएर गएः
कसले भनेः शेरोन एन मजरेला
को हुन्ः ट्रम्पको पहिलो स्कूल क्वु–फरेष्टकी सहपाठी
– विद्यालयको सुरुवाती अवस्थामा ट्रम्प निकै चकचके थिए । उनलाई मानिसहरुले ‘धनी बउका बिग्रेको छोरा’ भन्थे ।
– ट्रम्पको पहिलो स्कूल क्वु– फरेष्टकी सहपाठी एन मजरेला भन्छिन्, ‘ट्रम्प पढ्नमा त तेज थिए तर उनको चकचकेपनले सबैलाई तनाव दिएको थियो । एक पटक ट्रम्पले स्कूलमा दुर्गन्ध फैलाउने बम र चक्कु लिएर आएका थिए ।’
– ‘जब ट्रम्पलाई पढ्न मन लाग्दैनथ्यो तब उनी कक्षामा दुर्गन्ध फैलाउने बम र सिसी तोडेर फ्याँकिदिन्थे । यसबाट निस्कने दुर्गन्धले सबैजना कक्षा छोडेर भाग्ने गर्दथे । उनले यस्तो थुप्रै पटक गरिसकेका छन् ।’
– ‘पछि मलाई थाहा भयो कि उक्त बम अर्का सहपाठी पीटरसँग मिलेर म्यानहटनबाट ल्याइएको थियो । उनीहरुले कक्षामा सबैलाई तनाव दिनका लागि दुर्गन्ध बम, ह्यान्ड बजर, चक्कुजस्ता समग्री ल्याउने गर्दथे ।’
– ‘यद्यपी जब उनको चकचकेपन उत्कर्षमा पुग्यो तब उनलाई एक पटक एक दिनका लागि विद्यालयबाट सस्पेन्ड पनि गरिएको थियो ।’
५. जब तकिया मुनी चक्कु भेटियो तब ट्रम्प मिलिट्रि स्कूल जानुपर्योः
कसले भनेः मार्क गोल्डिङ
को हुन्ः कलेजमा ट्रम्पका सहपाठी
– हुन त ट्रम्पको पहिलो स्कूल क्वु–फरेष्टबाट उनको विषयमा दैनिक केही न केही उजुरी उनका बुवाले सुन्ने गर्दथे तर मिलिट्रि एकेडेमीमा भर्ना गर्ने निर्णय रातारात भयो ।
– ‘ट्रम्पको न्यूयोर्क मिलिट्रि एकेडेमीका सहपाठी गोल्डिङ भन्छन्, ‘चक्कु भेटेको करिब २ दिन पछि ट्रम्पका बुवाले उनलाई घरभन्दा करिब सय किलोमिटर टाढा बनेको न्यूयोर्क मिलिट्रि एकेडेमीमा पठाए । यहाँसम्म कि ट्रम्पका निकै नजिकका साथी र क्वु–फरेष्टका प्रधानाध्यापकलाई पनि यसबारे केही जानकारी थिएन ।’
– ‘जब उनी मिलिट्रि स्कूलमा आए, तब उनलाई बेड मिलाउन आउँदेनथ्यो । कपडा लगाउन आउँदैनथ्यो, जुत्ता सफा गर्न आउँदैनथ्यो । उनको घरमा यी सबै काम नोकरले गर्ने गर्दथे । तर स्कूल आएर उनले यी सबै कुरा सिक्न थुप्रै महिना लाग्यो । त्यतिबेलासम्म मैले उनको मद्दत गरें ।’
६. जब स्कूलमा महिलाको कपाल ताने तब ट्रम्पले टिफिनको हमला सहनुपर्योः
कसले भनिन्ः श्यारोन एन मजरेला
को हुन्ः ट्रम्पको पहिलो स्कूल क्वु– फरेष्टकी सहपाठी
– ट्रम्पकी सहपाठी श्यारोन एन मजरेला भन्छिन्, ‘ट्रम्पले महिलाको कपाल तान्ने र उनीहरुमाथि स्टिक नोट्स फ्याँक्ने निकै नराम्रो बानी थियो । उनी कहिले पनि आफ्नो गल्ती स्विकार गर्दैनथे । धेरैजसो मलाई पनि यस्तै गर्दथे । एकपटक उनले मेरो कपाल ताने । मैले पछाडि फर्केर उनलाई आफ्नो स्टिलको टिफिन बक्सले टाउकोमा बेस्सरी हानें ।’
– ‘हल्का रगत पनि बग्न थालेको थियो । स्कूलको समयमा ट्रम्पले प्ले ग्राउन्डमा जिस्काउने, क्लासरुममा सबैलाई तनाव दिने बालकको रुपमा चिनिन्छन् ।’
७. इभांकाका कारण ट्रम्पले दुई दिनसम्म खाना खाएनन्ः
कसले भनेः एरिक ट्रम्प
को हुन्ः ट्रम्पका छोरा
– ट्रम्पका छोरा एरिकले भने, ‘हुन त ट्रम्प आफ्नो पूरा परिवारलाई निकै माया गर्छन् तब उनको लगाव सबैभन्दा धेरै इवांकासँग छ । एक पटक इभांकाको दुर्घटना भएको थियो । तब ड्याडी २ दिनसम्म अस्पतालमा उनीसँगै बसे । जबसम्म इभांका हस्पिटलबाट घर आइनन् तबसम्म ड्याडीले २ दिनसम्म खाना खाएनन् । ’
– ‘ड्याडी संसारको जुनसुकै कुनामा भएपनि उनी दिनमा कम्तीमा एक पटक मसँग, इभांका, जूनियर डोनल्ड र घरका बाँकी मानिसहरुसँग एक–एक गरेर कुरा गर्नुहुन्छ । यो उनको सबैभन्दा राम्रो बानी मध्येको एक हो । यतिमात्र होइन, उनी चाहे जतिसुकै महत्वपूर्ण मिडिङमा भएपनि इभांका र जुनियर डोनल्डको फोन आउँदा सबैकुरा होल्ड गरेर फोन रिसिभ गर्नुहुन्छ ।’
बाजी जित्नका लागि बोक्रा नछोडाई ५० सुन्तला खाएका थिएः
कसले भनेः मार्क गोल्डिङ
को हुन्ः मिलिटिङ एकेडेमीका सहपाठी
– ट्रम्पका मिलिट्रि एकेडेमीका सहपाठी गोल्डिङ भन्छन्, ‘ ट्रम्प कहिले पनि आफ्ना प्रतिस्पर्धीलाई आफूभन्दा अघि जान दिँदैनथे । एक पटक ट्रम्प र एक व्यक्तिबिच बोक्रा नछोडाइएको सुन्तला खाने प्रतिस्पर्धा भयो ।’
– ‘ बिहानको समय थियो । परेडपछि सबैले नाश्तामा सुन्तला पाएका थिए । यी सबै सुन्तला लिएर ट्रम्प र अर्को समूहका क्याप्टेनको अगाडि राखियो ।’
– ‘ प्रतिस्पर्धा जित्नका लागि स्वास्थ्य बिग्रिए पनि उनले ५० वटा सुन्तला बोक्रा नछोडाई खाए । मिलिट्रि एकेडेमीमा ट्रम्प कुनै पनि विषयमा आफूभन्दा अघि कसैलाई पनि देख्न चाहँदैनन् भन्ने छवी थियो ।’
९. जब १० वर्षको उमेरमा खाएका थिए राष्ट्रपति बन्ने कसम
कसले भनेः पल अनिस
को हुन्ः १ कक्षादेखि ब्याचलरसम्म ट्रम्पका सहपाठी
– अनिसले भने, ‘ट्रम्पको पहिलो स्कूल क्वु– फरेष्टमा एउटा खेलकूद कार्यक्रम भइरहेको थियो जसमा उनी भाग लिन चाहन्थे । तर ट्रम्पको चकचकेपन र दुर्व्यवहारका कारण ट्रायल म्याचमा उत्कृष्ट प्रस्तुती दिँदा पनि उनलाई समूहमा समावेश गरिएन ।’
– ‘त्यतिबेला रिसाएका ट्रम्पले उनी एकदिन निकै चर्चित हुने जसका कारण सबैले आफ्नो इज्जत गर्ने बताएका थिए । यो कसम भो, यसका लागि चाहे मैले अमेरिकाको राष्ट्रपति नै किन बन्नु नपरोस् ।’
– यति मात्र होइन, यो घटना पछि उनी थुप्रै दिनसम्म टेलिभिजनको अगाडि बसेर राष्ट्रपतिको शपथको अभ्यास पनि गर्दथे ।






0 comments
प्रतिकृया दिनुहोस