४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव : विद्यार्थीलाई चाहिने भाग निकालिन्छ : नचाहिने भाग खाल्डोमा हालिन्छ
६ महिनायता सनाखत हुन नसकेका एक सय ३७ शवमध्ये असोजमा ८४ र पुसमा ५३ शव खातमाथि खात लगाएर गडिएका छन् । शव राम्रोसँग नपुरिँदा त्यस क्षेत्र दुर्गन्धितसमेत हुने गरेको छ ।
सरकारले छुट्टै जग्गाको व्यवस्था नगर्दा सनाखत नभएका शव अस्पताल परिसरको खालि जग्गामा गाडिँदै आएको फरेन्सिक मेडिसिन विभागका प्रमुख दामोदर श्रेष्ठले बताए ।
विद्यार्थीलाई नचाहिने भाग खाल्डोमा हालिन्छ
त्रिवि शिक्षण अस्पतालमा एमबिबिएस पढाइ सुरु भएसँगै ०३२ देखि विद्यार्थीको अध्ययनका लागि मृत शरीर वीर अस्पतालबाट व्यवस्था गर्ने गरिएकोे थियो । विद्यार्थीलार्इ आवश्यक पर्ने शरीरको भाग राख्ने र बाँकी भाग अस्पताल परिसरको आठ आना जग्गामा गाड्न थालिएको हो । फरेन्सिक विभागका प्रोफेसर डा. हरिहर वस्ती भन्छन्, ‘त्यो बेला शव थोरै हुन्थे, त्यसैले त्यहाँ गाड्न कुनै समस्या थिएन । तर, अहिले बेवारिसे शव धेरै हुन्छ, व्यवस्थापन गर्न समस्या छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


0 comments
प्रतिकृया दिनुहोस