एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र
रसुवा, उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिले अगाडि बढेको छ ।
देशको ऊर्जा सङ्कट छिटो समाधान गर्ने कार्यमा मद्दत पु¥याउन चिनियाँ ठेकेदार कम्पनी आयोजनाका प्राविधिक तीनसय २० जना मजदुर अहिले अहोरात्र सुरुङ खन्ने कार्यमा तल्लीन रहेको प्राविधिक गुरुङले बताएका छन् ।
गत वर्षको भूकम्प, भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव तथा वृद्धिम गाविस क्षेत्रमा गएको पहिरोका कारण सडकको असहजताजस्ता विविध कारणले आयोजनाको निर्माण अवधि केही समय बढ्न सक्ने प्राविधिकको भनाइ छ ।
यस्तै, रसुवागढी नाका सञ्चालनमा आएपश्चात् ट्राफिक समस्या जलविद्युत् आयोजनालाई अर्को थपिएको छ । अहिलेको मुख्य समस्या भनेको रसुवागढीदेखि तातोपानी इलाका क्षेत्रको हो । करिब चार किमी सडक क्षेत्रमा आयोजनाको सामान ओहरदोहर गराई रहनुपर्ने भएका कारण ट्रक कन्टेनरलाई सिधा केरुङ पठाउने र सडकमा पार्किङ गराउने कार्यको अन्त्य गर्न वेत्रावतीबाट सिधै केरुङ पठाउने वातावरणका लागि नेपाल प्रहरीले सामान लिन जाने सवारीसाधनमा टोकन प्रणाली लागू गरिसकेको बताइएको छ ।
सन् २०१४ बाट निर्माण गर्न सुरु भएको रसुवागढी एकसय ११ मेगावाट जलविद्युत् आयोजनाको लागत भने १३ अर्ब रहेको साइट इन्चार्ज ज्ञवालीले जानकारी दिनुभयो । निर्माण कार्य गरुन्जेल सम्मका लागि मात्र हामीलाई अलि फराकिलो ठाउँ चाहिएको बताउँदै ज्ञवालीले आयोजनाको सबै काम सकिए पछि सबै भूमिगत र सुरक्षित रहने बताउनुभयो । रासस


0 comments
प्रतिकृया दिनुहोस