को सँग विहे गर्दैछन् प्रियंका कार्कीका पूर्व श्रीमान
काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी अहिलेकी चर्चित नायिका प्रियंका कार्कीका पूर्व श्रीमान रोचक मैनाली अर्को विवाह गर्ने तयारीमा छन् । नायिका कार्कीसंग औपचारिक रुपमा डिभोर्स भइसकेपछि मैनाली अर्को विवाह गर्न लागेका हुन् । उनीहरुबीच दुई वर्षअघि डिभोर्स भएको थिए ।
अहिले २७ वर्ष पुगेकी नायिका कार्कीले मैनालीसंग २५ वर्षको उमेरमा डिभोर्स गरेकी थिइन् । प्रियंकाले २१ वर्षकै उमेरमा मैनालीसंग विहे गरेकी थिइन् । अमेरिकाको एलाबामा स्थित युनिभर्सिटी अफ नर्थ एलाबामाबाट फिल्म एण्ड डिजिटल मिडिया प्रोडक्सनमा ब्याचलर गर्दा गर्दै नायिका कार्कीको त्यहीँ बसेर कम्प्युटर इन्जिनियरिङ पढिरहेका मैनालीसँग प्रेम सम्बन्ध भएको थियो ।
प्रियंका कार्कीले मेरो बेष्टफ्रेण्ड र थ्री लभर्स फिल्मको सुटिङ सकिए लगत्तै कागजी प्रक्रिया पुरा गरी डिभोर्स गरेकी थिइन् । नायिका कार्की अहिले नेपालमै फिल्मी क्षेत्रमा व्यस्त हुन छिन् । सिनेमा खेल्न श्रीमानले हस्तक्षेप गरेपछि आफूले डिभोर्स दिएको प्रियंकाले यसअघि नै बताएकी थिइन् ।


0 comments
प्रतिकृया दिनुहोस