परिणीति चोपडाले ८६ केजीबाट आफ्नो तौल ५७ केजी बनाइन्
माघ ७, २०७३
परिणीतिले आफ्नो तौल ८६ केजीबाट ५७ केजी बनाइन् अर्थात् २९ केजी वेट लस । त्यसका लागि उनले अस्ट्रियाको डिटक्स प्रोग्राम अपनाइन् ।
यो प्रोग्राम अर्जुन कपूर, रानी मुखर्जी, आदित्य चौपडा आदिले पनि अपनाएका छन् ।
यसमा सर्जरीबिना मनले इच्छाएको फिगर प्राप्त गर्न सकिन्छ ।
यो प्रोग्राममा एउटा स्टेट लिइन्छ ।
जसबाट बडी के हो र त्यसले कति सहन सक्छ भन्ने जानकारी पाइन्छ ।
त्यसपछि त्यही आधारमा छ महिनाको डाइट प्लान तयार गरिन्छ ।
त्यसलाई गम्भीरतापूर्वक पछ्याउनुपर्ने हुन्छ ।
परिणीति पहिले ३६ इन्चको जिन्स लगाउँथिन् भने अहिले ३० इन्चको जिन्स लगाउँछिन् ।
वेस्टका लागि उनले जिममा वेट ट्रेनिङ एक्सरसाइज गरेकी थिइन् ।
उनी दैनिक बिहान जगिङ, त्यसपछि मेडिटेसन तथा एक घन्टा योग गर्थिन् ।
त्यसपछि ट्रेडमिलमा दौडनु, डान्स, स्वीमिङ वा हर्ष राइडिङ उनका नियमित कार्य थिए ।
नियमित एक्सरसाइज र कार्डियोबाहेक उनले आफ्नो डाइट पनि परिवर्तन गरिन् ।
लन्चमा ग्रिन सलाद र भेजिटेबल, दाल, रोटी एवं ब्राउन राइस परिणीतिको नियमित भोजन हो ।
डिनरमा कम ओयली अर्थात् सादा भोजन परिणीतिको प्राथमिकतामा पर्छ ।
डिनरपछि उनी एक गिलास दूध र कहिलेकाहीँ चकलेट सेक खान्छिन् ।
परिणीतिले सुत्नुभन्दा दुई घन्टा पहिले नै डिनर खाइसकेकी हुन्छिन् ।


0 comments
प्रतिकृया दिनुहोस