बिदेशबाट रोगलागेर फर्कनेको पनि उपचार, बिमा शुल्क दोब्बर

काठमाडौ – बैदेशिक रोजगारीमा रहेको बेला घातक रोग लागेर फर्कनुपरेमा सरकारले उपचारको व्यवस्था गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिभिन्न १५ प्रकारका घातक रोगको उपचारका लागि समेत थप गरी नयाँ व्यवस्था गरेको बताए ।

नयाँ व्यवस्थापछि घातक रोग लागेर फर्कनेहरुको उपचार पनि बिमा रकमबाटै हुने छ भने कामै गर्न नसक्ने विरामीहरुका लागि मृतकले सरह रकम पाउने भएका छन् । यो व्यवस्था पछि मृतक र मृतक सरहका घाईते र विरामीले साढे ३० लाख रुपैयाँसम्म रकम पाउने भएका छन् ।

यसबाहेक सरकाले भारत लगायत अन्य मुलुकमा बैदेशिक रोजगारीमा जानेहरुका लागि पनि विभीन्न नयाँ व्यवस्था गरेको छ । प्रधानमन्त्री दाहालले मंगलबार गरेको घोषणा अनुसारका नयाँ व्यवस्था :
१. वैदेशिक रोजगारमा गएका नेपालीहरुको मृगौला फेल, क्यान्सर जस्ता बिभिन्न १५ प्रकारका घातक रोग बापत थप ५ लाख बीमा गरी २० लाख सम्म बीमा रकम पाउन सक्ने व्यवस्था । यो व्यवस्था फागुनदेखि लागू हुने । तीन महिना भित्र मानसिक रोगलाई समेत घातक रोगको सूची भित्र समावेस गरि क्षतिपुुर्ति दिलाउने ।

घातक रोग लागी मृत्यु नभएको तर शारीरिक रुपले मृत्यु सरह मानिने अवस्था प्रमाणित भएमा बीमाबाट १३ लाख सम्म, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ३ लाख र घातक रोग बापत ५ लाख गरी कुल १८ लाख सम्म प्राप्त हुने । उपचारका लागि उक्त रकम तत्काल दिने व्यवस्था ।

यस अघि नै बीमा गरि सकेका तर म्याद नसकिएका नागरिकहरुले पनि घातक रोग र बीमाको पछिल्लो व्यवस्था बमोजिम सुुविधा लिन चाहेमा विमा गर्न सक्ने ।

२. वैदेशिक रोजगारमा रहंदा मृत्यु भएका मृतकका परिवारलाई साविकमा दिइ“दै आएको क्षतिपूर्ति रकम ३ लाखमा ४ लाख रुपैयाँ थप गरी सात लाख पु¥याइने । त्यसका लागि बैदेशिक रोजगार नियमाबली २०६४ संसोधनको प्रकृयामा रहेको । अव बैदेशिक रोजगारीमा हुने कामदारको मृत्यू भएमा २७ लाख सम्म पाउने ।

३. भारतमा रोजगारीका लागि जाने सबै नागरिकहरुको बीमा हुुने व्यवस्थाका लागि गृह, परराष्ट्र र श्रम मन्त्रालयका प्रतिनिधि सम्मिलित एक अध्ययन कार्यदल बनाउने । २ महिना भित्र कार्यविधि सहितको प्रतिवेदन पेश गरे पछि छिट्टै निर्णय लिइने ।

४. आजदेखि हरेक तीन महिनाका लागि अगाडी नै बीमाको नविकरण हुने नयाँ व्यवस्था । यो व्यवस्थाले बीमा नविकरण नहुुदै वैैदेशिक रोजगारीमा रहेका कुनै नागरिकको मृत्युु,अंग भंग वा विरामी भएमा पनि क्षतिपूर्ति पाउने । यो व्यवस्था नेपाल सरकारको ग्यारेन्टीमा हुुनेछ । सरकारले बीमा समितिलाई छुुट्टै खाता खोल्न लगाई तत्काल जम्मा गरि दिने ।

५.नयाँ व्यवस्था भएको घातक बिमाका लागि आगामी तीन महिना भित्र वैदेशिक रोजगारीमा रहेका संम्पूर्ण नागरिकहरुको अनिवार्य बीमा नविकरण गर्ने व्यवस्था ।

६. हाल करार अवधि भन्दा छ महिना बढिको बीमा गर्ने व्यवस्था भएकोमा अवदेखि करार अवधि भन्दा थप १ वर्ष बढीको बिमा गरीने । यो व्यवस्थाले मध्यपूर्वका देशमा जनेको ३ र मलेसियामा जानेको चार वर्षको बिमा हुने ।

७. मेडिकल फेल भएर फर्किनुपरेमा जहिलेपनि दावी गर्न पाईने । पिडितलाई सहजै क्षतिपुर्ति दिलाउन ४५ दिन भित्र सरकारी निकाय मार्फत नै क्षतिपूर्ति भुुक्तान गर्ने व्यवस्था मिलाईने ।

८. जेल सजाय भोगी रहेका, विरामी भएको कारण कमाउन नसक्ने अवस्थामा रहेका नागरिकहरुको बीमा नविकरण शुुल्क सरकारले व्यहोर्ने ।

९.दक्षिण कोरियाबाट शव ल्याउन दिने राहत रकमका लागि रकममा अपुुग भए बोर्डबाट थप रकम व्यहोर्ने अथवा कोरिया जाने नागरिकहरुबाट उठाइएको रकमबाटै व्यहोर्ने व्यवस्था ।

१०.वैदेशिक रोजगारमा जाने कामदारको कल्याणकारी कोषमा मुलुक र आम्दानी समेतलाई दृष्टिगत गरी योगदानपूर्ण सहभागिता गराउने व्यवस्था ।

११. रोजगारीमा गएकाहरुको बीमाको म्याद गुुज्रनुु अगाडीनै बीमा कम्पनीले परीवारलाई फोन गरी नविकरण गर्न सूचित गर्ने व्यवस्था अनिवार्य गर्ने । बीमा कम्पनीले ३० दिनमा ३ पटक फोन गरेर नविकरणका लागि नभनेमा क्षतिपूर्ति दिँदा सम्बन्धित वीमा कम्पनी नै जवाफदेहि हुुने ।

१२. वैदेशिक रोजगारका क्षेत्रमा भएका व्यवस्थाहरुका बारे नियमित रुपमा संचार माध्यमहरुद्धारा प्रभावकारी प्रचार प्रसार गर्ने व्यवस्था मिलाउन श्रम तथा रोजगार मन्त्रालय, बीमा समिति तथा वैदेशिक रोजगार प्रबद्र्धन बोर्डलाई निर्देशन ।

0 comments

प्रतिकृया दिनुहोस