दमका रोगीले सुन्तला नखाँदा राम्रो
लाग्ला कि सुन्तलाका कारण तपाइको बच्चा खतरनाक एलर्जी (एनाफायलेक्सिस) को शिकार हुन सक्दछन ।
पेन्सिलभानियामा सुन्तला खाएपछि एक जना बच्चालाइ यस्तै समस्या देखिएको छ । यति कम उमेरमा यस प्रकारको यो पहिलो मामला भएको कुरा चिकित्सकहरूले बताएका छन । एनाफायलेक्सिस एलर्जीको एक गम्भीर प्रकार हो, जसका कारण मृत्यु सम्म हुन सक्ने कुरा डक्टरहरूले जनाएका छन ।
मानिसको शरिरको त्वचामा चिलाउने, गलामा सुनिनु र रक्त चाप कम हुनु यसको लक्षण हो । किराले टोक्दा, केही प्रकारका औषधीहरूको सेवन वा केही खाद्य पदार्थहरूमा सामान्यतया यस्ता लक्षण देखिने गर्दछ ।
अमेरिकी कलेज अफ एलर्जी, अस्थमा एण्ड इम्यूनोलोजीका सदस्य तथा एलर्जी विशेषज्ञ सिगरिद दा वेगा ले बताए अनुसार सुन्तला खाएपछि एक अढाई बर्षकी बच्ची गम्भीर एनाफायलेक्सिसको शिकार भएकी छन । दा वेगा ले भने कि उनको ओठ तथा जिब्रोमा समस्या देखिएको छ । मुख सुन्निएपछि स्वास लिन समस्या हुन थालेपछि उनलाइ तत्कालै चिकित्सककहाँ पुर्याइएको थियो ।
अस्पतालमा उपचार तथा ४८ घण्टाको आराम पछि ती बालिका स्वस्थ्य भएकी थिइन ।
चिकित्सकीय जांचमा ती बच्चीलाइ दम रोग लागेको कुराको खुलासा भएको थियो । दा वेगा ले बताए अनुसार हुन त बच्चाहरू जसलाइ दम छ र त्यसको निदान भएको छैन, यस्ता बच्चाहरूलाइ एलर्जी भएपछि उपचार गर्न निकै गाह्रो हुने गर्दछ ।
सुन्तलाको सेवन दम रोगीका लागी निकै हानिकारक भएको पनि डक्टरहरूले बताएका छन ।


0 comments
प्रतिकृया दिनुहोस