ओबामा विदेश नीतिमाथि ट्रम्पको पहिलो झड्का

अमेरिकाकाका नयाँ राष्ट्रपति डोनल्ड ट्रम्पले एक व्यापार सम्झौता ‘ट्रान्स प्यासिफिक पार्टनरशिप (टीपीपी) बाट बाहिर निस्कनका लागि एक कर्मचारीको आदेशमाथि हस्ताक्षर गरेका छन् । यसो गरेर उनले आफ्नो चुनावी अभियानमा गरिएको एक वचनलाई पूरा गरेका छन् ।

यो व्यापार सम्झौतालाई पूर्व राष्ट्रपति बराक ओबामाको एसिया नीतिको सबैभन्दा राम्रो पक्ष मानिन्थ्यो जसमा १२ देशले हस्ताक्षर गरेका थिए ।

राष्ट्रपति पदका लागि आफ्नो चुनाव अभियानको क्रममा ट्रम्पले टीपीपीलाई एक ‘सम्भावित आपत्’ बताउँदै यसले अमेरिकामा उत्पादनको क्षेत्रलाई क्षती पुर्याएको बताएका थिए ।

डोनल्ड ट्रम्पले ठूलो मात्रामा कर घटाउने र विनियमनलाई कम गर्ने बाचा गरेका थिए । तर जुन कम्पनीका कारखाना विदेशमा छन् तीमाथि अत्यधिक सीमा कर लगाउने घोषणा गरे ।

ह्वाइट हाउसमा व्यापार जगतका हस्तीहरुलाई ट्रम्पले आयातमा जरिवाना लगाउने चेतावनी दिदैं भने, ‘ तपाईंहरु मात्र यति गर्नुपर्छ कि तपाईं यहिँ बस्नुपर्छ ।’

राष्ट्रपतिले यो टिप्पणी डाव केमिकल्स, लकहिड मार्टिन, अण्डर आर्मार, व्हर्लपुल, टेसला र जनसन एण्ड जनसनसमेत १२ कम्पनीका अधिकारी सम्मुख भनेका हुन् ।

शपथ ग्रहणपश्चात् ट्रम्प विरुद्ध घोर प्रदर्शन भयो र मिडियासँग उनी रुष्ट पनि भए ।

ह्वाइट हाउसमा सोमबार एक बैठक पछि ट्रम्पले संवाददाताहरुसँग भने, ‘हामी विनियमनलाई अत्यधिक मात्रामा कम गर्नेछौं तर यो नियम मानिसहरुको बचाउका लागि हुनेछ ।’

उनले अहिलेको कर्पोरेट ट्याक्सलाई ३५ प्रतिशतबाट कम गरेर १५ वा २० प्रतिशतसम्म गर्नसक्छन् र विनिमयनमा ७५ प्रतिसम्म सम्म कटौती गर्ने बाचा गरेका छन् । यद्यपी, विदेशमा तयार गरिएका सामानमाथि कर लगाउने उनले स्पष्ट पारेका छन् ।

राष्ट्रपति चुनाव जितिसकेपछि उनले ती अमेरिकी कम्पनीलाई निशानामा राखेका थिए जसले आफ्नो कारखानालाई अमेरिकाबाट विदेश पठाए ।

ट्रम्पले अमेरिकी मजदुरलाई बेराजगार हुनु मेक्सिको र क्यानडासँग भएको व्यापार सम्झौतालाई दोषी मानेका छन् ।

राष्ट्रपति पदको चुनाव प्रचारको क्रममा अमेरिकामा नयाँ रोजगारी पैदा गर्ने ट्रम्पको चुनावी बाचा चर्चित थियो ।

0 comments

प्रतिकृया दिनुहोस