नेपाली काँग्रेस जनताको दुःखमा जहिल्यै साथ दिने पार्टी हो : राज्यमन्त्री बानियाँ
काठमाडौं । नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली काँग्रेस जनताको दुःखमा जहिल्यै साथ दिने पार्टी भएकाले तपाईहरुको भरोसालाई कहिल्यै टुट्न नदिने बचनबद्धता व्यक्त गरेका छन् ।
नेपाली काँग्रेस नामटार गाउँ कमिटिद्वारा बुधबार लामिडाँडामा गरेको स्वागत एवं पार्टी प्रवेश कार्यक्रममा बोल्दै राज्यमन्त्री बानियाँले नामटारलगायत मकवानपुरको उत्तरी क्षेत्र पर्यटकिय हिसावले धेरै सम्भावना बोकेको क्षेत्र भएकाले प्रमुख पर्यटकिय गन्तव्य बनाउन सम्भाव्यता अध्ययन गर्न चाँडै टोली खटाउने बताए ।


0 comments
प्रतिकृया दिनुहोस