मोदीलाई अमेरिकामा ट्रम्पको निम्ता

वासिङ्टन, १२ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गर्नुभएको छ ।मोदीलाई ट्रम्पले ‘यही वर्षभित्र’ अमेरिका आउन आग्रह गरेको दुईजनाका बीचमा भएको टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मङ्गलबार जनाएको छ । टेलिफोन वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले विश्वका चुनौतीहरु सामना गर्न भारतलाई असल साथी र साझेदारका रुपमा लिएको बताउनुभएको थियो ।
अमेरिका र भारतको आर्थिक तथा सुरक्षा चासोका विषयमा मिलेर काम गर्ने बारेमा समेत उहाँहरुले छलफल गर्नुभएको ह्वाइट हाउसले जनाएको छ । प्रधानमन्त्री मोदीले गत नोभेम्बरमा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा ट्रम्पलाई बधाई दिँदै उहाँको भारतप्रतिको मित्रभावलाई स्वीकार गर्नुभएको थियो ।

हिन्दूहरुको पर्व तिहारमा भारतीय अमेरिकी मतदाताले आफ्नो पक्षमा राम्रो प्रचारप्रसार गरिदिएको पनि मोदीले टेलिफोन वार्ताका क्रममा उल्लेख गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ मा सफल प्रयोग गरेको नाराको सिको गर्दै ‘अबको समय, ट्रम्प सरकार’ भन्ने नारा प्रयोग गरेका ट्रम्पले आगामी दिनमा भारतीय नेताहरुसँग मिलेर काम गर्न चाहेको बताउनुभएको

0 comments

प्रतिकृया दिनुहोस