मानवअधिकार संरक्षणका लागि आयोग र प्रहरीले सहकार्य गर्नुपर्ने
काठमाडौं, माघ १२ । राष्ट्रिय मानवअधिकार आयोगले व्यक्तिको मानवअधिकार संरक्षणका लागि आफूहरुसँग सहकार्य गरेर अघि बढ्न प्रहरी संगठनलाई आग्रह गरेको छ ।
उनीहरुले कुनै पनि दोषीले उन्मुक्ति पाउन नहुने बताए । आयोगका सदस्य गोविन्द शर्मा पौडेलले आयोग र प्रहरी संगठनले मिलेर काम गरे मानवअधिकारको स्थिति सुदृढ हुने विश्वास व्यक्त गरे ।
प्रहरी अतिरिक्त महानिरिक्षक प्रतापमान सिंहले गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी संगठन क्रियाशील रहेको बताए ।


0 comments
प्रतिकृया दिनुहोस