मनाङ सडक तीन साता बन्द हुने
लमजुङ, माघ ११ । हिमालपारिको जिल्ला मनाङ जोड्ने एकमात्र सडक तीन साता बन्द हुने भएको छ ।
सडक मर्मत अवधिमा सवारी आवत–जावतमा रोक लगाउन सडक डिभिजन कार्यालय दमौलीले जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई पत्राचार गरेको छ ।
डिभिजन कार्यालयकाअनुसार यही माघ २५ देखि आगामी फागुन १० गतेसम्मका लागि सवारी आवागमन बन्द गर्न अनुरोध गरिएको छ ।
ताघ्रिङको काप्रे भिरदेखि श्रीचौर र सिमानामा पर्ने तालडाँडासम्म मर्मत तथा स्तरोन्नति गरिने जिल्ला प्रशासनमा पठाइएको पत्रमा उल्लेख छ ।
सडक मर्मतका लागि सवारी आवागमन बन्द गर्न परिपत्र आएकाले सार्वजनिक सूचना जारी गरी सो अवधिमा सवारी आवागमन बन्द गरिने लमजुुङका प्रअिज मोहन जिसीले बताए ।
सो सडकखन्डमा अतिजोखिममा रहेको काप्रेभिरमा पनि मर्मत तथा स्तरोन्नति गरिने डिभिजन कार्यालय, दमौलीले जनाएको छ । रासस


0 comments
प्रतिकृया दिनुहोस