नीता ढुंगानासँग प्रेम सम्बन्ध छुटेपछि आमेश र अशिष्माको जोडी जम्यो

काठमाडौं, ७ माघ । नायिका नीता ढुंगाना र नायक आमेश भण्डारीले प्रेम सम्बन्धले मिडियामा राम्रै स्थान पायो । आमेश र नीताले दुई चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ र ‘तँ म र ऊ’ मासँगै काम गरे ।

चलचित्र असफल भयो भने यी दुईको प्रेम पनि असफल भई टुक्रायो । ब्रेकअप भए पछि नीता चलचित्रमा ब्यस्त हुन थालिन्, तर आमेशले भने कुनै चलचित्र पाएका थिएनन् ।

लामो समय पछि आमेशले नयाँ चलचित्र पाएका छन् । बसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा आमेशको अपोजिटमा नायिका अशिष्मा नकर्मी प्रस्तुत हुनेछिन् ।

आमेश र अशिष्मासँगै फिल्ममा कलाकार सलोन बस्नेत पनि मुख्य भूमिकामा रहने छन् । नीता ढुंगानासँगको लामो प्रेम सम्बन्धमा ‘ब्रेक’ लागेपछि आमेश फिल्म नखेल्ने निर्णयमा पुगेका थिए ।

0 comments

प्रतिकृया दिनुहोस