खप्तड राष्ट्रिय निकुञ्जमा बाक्लो हिमपात, संरक्षित वन्यजन्तु संकटमा
डीबी विष्ट/उज्यालो
बझाङ, माघ ५ – लगातार भइरहेको हिमपातका कारण खप्तड राष्ट्रिय निकुञ्जमा बाक्लो हिउँ जमेको छ । हिमपातसँगै चिसो बढेपछि वन्यजन्तु तल्लो क्षेत्रमा बसाई सर्ने भएकाले जोखिम बढेको बताइएको छ । खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले
अवरुद्ध मार्ग खोल्नका लागि खप्तड स्थित नेपाली सेनाको टोली सक्रिय रहेको खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिनुभयो । ‘बाक्लो हिउँ परेको र अत्याधिक चिसो भएकाले खोल्न कठिनाई भइरहेको छ’ उहाँले भन्नुभयो ‘सेनाले बाटो खोल्ने प्रयास गरिरहेको छ ।’ खप्तडमा अहिले दिउँसोको तापक्रम २/३ डिगी्र सेल्सीयससम्म हुने र राति
तापक्रम घटेर माइनस १० डिग्री सेल्सियससम्म पुग्न गरेको खतिवडाले बतउनुभयो । बाक्लो हिमपात र निरन्तर घटिरहेको तापक्रमका कारण वन्यजन्तुहरु बेंसीतिरका घमाइलो ठाउँतिर जाने र मानवबस्ती नजिक पुग्दा उनीहरुमा माथि खतरा हुने खतिवडाको भनाइ छ । यसरी मानिस र वन्यजन्तु नजिक हुँदा हिंस्रक जनावरका कारण मानिस र घरपालुवा जनावरलाई जोखिम हुने र चोरी सिकारका कारण वन्यजन्तुलाई खतरा हुने उहाँको भनाई छ ।
हिमपातको समय संरक्षणका दृष्टिकोणले जोखिमपूर्ण हुने खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्याय बताउँछन् । उहाँले भन्नुभयो ‘चोरीसिकार गर्नेहरुका लागि पनि यो समय सबैभन्दा उत्तम समय हो ।’
यो जोखिमको समय भएकाले संरक्षण्का गतिविधिहरु चुस्त भएर सञ्चालन हुनुपर्ने सरोकारवालाहरु बताउँछन् । संरक्षणमा सक्रिय राष्ट्रिय निकुञ्ज कार्यालयमा हाल ७२ जनाको दरबन्दी छ । जसमा प्रमुख संरक्षण अधिकृत (उप–सचिव) एक जना, दुई जना सहायक संरक्षण अधिकृतसहितको व्यवस्था छ । तर अधिकांश पदहरु रिक्त रहेको निकुञ्जले जनाएको छ । मुख्य रुपमा संरक्षणमा खटिने गेम स्काउट (वन संरक्षक सरह) मा ३९ जनाको दरबन्दी मध्ये ३४ दरबन्दी रिक्त छन् । सेनानीसहितको नेपाली
सेनाको झण्डै २ सय ५० दरबन्दीसहितको गुल्म संरक्षणमा तैनाथ रहने भएकाले खासै समस्या भने नरहेको प्रमुख संरक्षण अधिकृत रामहरी खतिवडा बताउनुहुन्छ । संरक्षणमा मध्यवर्ती क्षेत्रका जनता पनि जिम्मेवार भएर लाग्नु पर्ने उहाँले बताउनुभयो ।
‘निकुञ्जले चाहेर मात्र संरक्षण सम्भव हुँदैन्’ । खतिवडाले भन्नुभयो ‘यसका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा पनि सचेत हुनुपर्छ ।’ वन्यजन्तुबाट असर परेका समुदायलाई क्षतिपूर्तिको व्यवस्था समेत रहेको उहाँले बताउनुभयो । बझाङ, डोटी, अछाम, र बाजुरा गरी चार जिल्लामा फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा मध्यवर्ती क्षेत्र समिति गठन गरिएका छन् । खप्तडमा नेपालको
संरक्षित सूचीमा रहेका राष्ट्रिय चरा डाँफे र मूनालको बासस्थान छ । यसबाहेक ३ सय भन्दा बढी प्रजातीका चराचुरुङ्गी खप्तडमा पाइन्छन् । यस्तैे स्तनधारी जनावरमा नेपालको संरक्षित सूचीमा रहेका कस्तुरी, मृग, ध्वांसे चितुवा र ब्वाँसो पनि यहाँ पाइन्छन् । हिमाली कालो भालु, चितुवा, बँदेल, मृग, हरिणसहित ३० प्रजातीका अन्य स्तनधारी पनि पाइने खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ ।




0 comments
प्रतिकृया दिनुहोस