भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप गरेको छैन : राजदूत राय

काठमाडौं, माघ १२ । भारतीय राजदूत रणजीत रायले नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप नगरेको दाबी गरेका छन् ।

बुधबार राजधानीमा आयोजित साक्षात्कारमा राजदूत रायले भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप नगरेको दाबी गर्दै भारतले केवल नेपालमा स्थिरता र उन्नतिमात्र चाहेको बताए ।

नेपालको अस्थिरता र गरिबीले भारतलाईसमेत प्रभाव पार्ने उनको भनाइ थियो ।

राजदूत रायले नेपाल र भारतबीच राजनीतिकस्तरमा बढेको असमझदारी हटाउन सबै तहबाट प्रयास जारी रहेको बताए ।

भारत र नेपाल आर्थिक साझेदारी गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

0 comments

प्रतिकृया दिनुहोस