छिमेकी देशको शान्तिका लागि भारतको जोड– भारतीय राष्ट्रपति मुखर्जी
काठमाडौं, १३ माघ । भारतले नेपालको राजनीतिक क्षेत्रमा हस्तक्षेप गर्दा अस्थीरता कायम रहेको भन्ने आरोप लागि रहेका बेला भारतीय राष्ट्रपति प्रणव मुखर्जीले छिमेकी देशको शान्ति र स्थायित्वका लागि आफूहरुले जोड दिने बताएका छन् ।
६८ औं भारतीय गणतन्त्र दिवसको अवसरमा दिएको सन्देशमा उनले नेपालसँग भनिएको बिग्रिएको सम्बन्ध सुधार गर्ने संकेत दिएका हुन् ।
गणतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित विशेष कार्यक्रममा राजदूत रञ्जित रायले राष्ट्रपति मुखर्जीको सन्देश वाचन गरेर सुनाएका थिए ।
नेपालमा रहेका भारतीय नागरिक, दूतवासका अधिकारी तथा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा सुनाइएको राष्ट्रपति मुखर्जीको सन्देशमा छिमेकको शान्ति र स्थायित्वलाई भारतले सधैं जोड दिइरहने उल्लेख गरिएको छ ।
सो क्रममा गएको कात्तिक मध्येमा भएको मुखर्जीको नेपालको भ्रमणले दुई देशको सम्बन्धमा थप उचाइमा पुगेका जानकारी दिइयो । उनको नेपाल भ्रमण दुई दशकपछि भारतीय राष्ट्र प्रमुखको भ्रमण भएको हो ।
साथै राजदूत रायले नेपालको गरिबी निवारणमा भारतले सहयोग गर्ने बताए । सो कार्यक्रममा भारतले नेपाललाई २२ एम्बुलेन्स र चार वटाबस उपहार दिएको छ ।
नेपालको विकासको यात्रामा सहयोग गर्दै आएको भारतले गैरनाफा मुलुक संस्थाहरुलाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार दिइएको छ । राजदूत रायले नेपालमा शैक्षिक र स्वास्थ्य सेवा सवल गराउन ती संस्थालाई एम्बुलेन्स र बसको साँचो हस्तन्तरण गरे । नेपालको एक भूपू संगठनलाई दुई एम्बुलेन्स पनि उपहार दिइएको थियो ।
भारतले सन् १९९४ देखि हरेक बर्ष नेपालको ७३ जिल्लाहरुमा विभिन्न संस्थाहरुलाई ६ सय २ एम्बुलेन्स र २८ जिल्लामा रहेका विभिन्न शैक्षिक संस्थाहरुलाई १ सय १८ बस उपहार स्वरुप उपलब्ध गराइसकेको जानकारी दिइयो ।


0 comments
प्रतिकृया दिनुहोस