तातो पानीमा नुहाउँदा कति फाईदा ?
हामी सबैलाई थाहा भएको कुरा हो व्यायायम हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक विषय हो । तर व्यायाम नगरिकन पनि शरीरलाई पूर्ण रुपमा स्वस्थ्य रहन सक्छौ । के यो सम्भव छ त ? हो व्यायायमका बारेमा चौतर्फी सुझाव बढिरहेका बेला बिना व्यायाम पनि स्वस्थ रहनुको अतिरिक्त शरिरको निश्चित रोगलाई नियन्त्रण गर्न सकिन्छ । बीबीसीको एक प्रयोगात्मक रिर्पोटः
लगबोरोग युनिर्भसिटी डा स्टेभ फल्कनरले तातो पानीमा नुहाउदा ब्लड सुगर लेभल घट्ने र व्यायमले भन्दा बढी काम गर्ने विषय सुन्दा मलाई निकै उत्सुक लागेको थियो । अध्ययनरत स्वंयमसेबकहरुको एउटा समूहमा पनि पनि आबद्ध भए । अध्ययमा आफै सहभागी हुदै मैले भाग्यमानी महशुस गरे । सहभागी सबैमा मोनिटर फिट गरिएको थियो, जसले निरन्तर ब्लड सुगरको तहलाई रेकर्ड गर्दथ्यो ।
मेटाबोलिक फिटनेसका लागि ब्लड सुगरको तहलाई सामान्य रेन्जमा राख्नु महत्वपूर्ण विषय हो । हामीले कति धेरै क्यालोरी बर्न गर्न सक्छौ भन्ने मापन गर्न हामीमा औजार जडान गरिएको थियो । जब नुहाउन म बसे (४० डिग्री सेन्टीग्रेड), स्टेभले मेरो भित्री तापक्रमलाई नजिकबाट अनुगन गरे ।
नुहाएको केही घन्टापछि मैले हल्का खानेकुरा खाए । तातो पानीमा नुहाउनुलाई व्यायायमसँग तुलना गर्ने भएकोले हामीले बारम्बार प्रयोग गर्यौ ।
अनि नतिजा के भयो त ? हामीले हेर्न चाहेको पहिलो कुरा नुहाउदा कति उर्जा फाल्न सकिन्छ भन्ने हो । एक घन्टा नुहाउँदा उर्जा खपत (उपयोग) मा ८० प्रतिशतले बृद्धि हुन्छ । ’ स्टेभले भने ।
यो एक घन्टा साइकलिङ गरे जस्तो त नहोला (एक घन्टा साइकलिङमा ६३० क्यालोरी वर्न हुन्छ) । तर तातो पानीमा नुहाउद हामीले १४० क्यालोरी बर्न गर्छौं । यो ३० मिनेट फटाफट हिडेजस्तै हो ।
तर हाम्रो व्लड सुगरको तह के त ? भर्खरै खाना खाएको बेला ग्लुकोजको मात्रा बढी हुन्छ । खानेकुरा यो टाईप २ डायबिटिज र अन्य मेटाबोलिक रोगका लागि खतरनाक छ ।
हामीले के पत्ता लगायौ भने नुहाएपछि ग्लुकोजको तह वास्तवमै न्यून देखियो । ‘व्यायायमको तुलनामा तातो पानीमा नुहाउदा कल्पना गरे भन्दा पनि न्यून तहमा झरेको थियो ग्लुकोज । ’ स्टेभले भने । वास्तवमा हामी स्वंयसेबकहरुको खानापछिको ग्लुकोजको तह औषतमा नुहाएपछि १० प्रतिशत न्यून थियो ।


0 comments
प्रतिकृया दिनुहोस