हेटौंडामा घर भत्काउँदा झडप, एक प्रहरी घाइते, दुई हजार घर भत्काउनु पर्ने
हेटौंडा, माघ ६ । मकवानपुरमा महेन्द्र राजमार्ग विस्तारकाक्रममा राप्तीरोडमा स्काभेटर प्रयोग गरी घर भत्काउन सुरु गरेपछि विहीबार प्रहरी र स्थानीयबीच झडप भएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । घर–जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
प्रहरीले भने सडक विस्तारको काम नरोकिने जनाएको छ । राजमार्ग विस्तारको लागि त्यस वरपरका करिब दुई हजार घर–टहरा भत्काउनु पर्ने जनाइएको छ ।


0 comments
प्रतिकृया दिनुहोस