मुटुरोगी बालिकाको उपचारका लागि प्रवासीद्वारा सहयोग
म्याग्दी । बेनी नगरपालिका–२ अर्जमकी अरुर्णिमा नेपालीको उपचारका लागि प्रवासीहरुले मङ्गलबार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)हङ्कङका अध्यक्ष इन्द्र एलजी थापाले कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, उपाध्यक्ष हरिकृष्ण गौतम र सचिव लोकेश पुनमार्फत अरुणिमाका काका भूपेन्द्र नेपालीलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो । अरुणिमाको उपचारका लागि हङ्कङमा रहेका १७ जना म्याग्देलीले सहयोग गरेका हुन् ।
आर्थिक अवस्था कमजोर भएकी परियारको उपचारका लागि कोषले सञ्चालन गरेको आर्थिक सङ्कलन अभियानमा सहयोग प्राप्त हुने क्रम जारी छ । उनको काठमाडौँस्थित गङ्गालाल हृदयरोग उपचार केन्द्रमा उपचार भइरहेको छ । रासस


0 comments
प्रतिकृया दिनुहोस