युवतीलाई ‘बलात्कार’ गर्ने दुई युवक पक्राउ
राजविराज, माघ १२ । सप्तरीको कन्चनरुप नगरपालिकामा एक युवतीलाई जबर्जस्ती करणी गर्ने दुई युवक पक्राउ परेका छन् ।
पक्राउ परेका अन्य एक व्यक्तिको नाम खुलाइएको छैन । ती दुबै युवकले वीरेन्द्रबजारसम्म पुर्याइदिने भन्दै उक्त युवतीलाई बलात्कार गरेका थिए ।
जबर्जस्ती करणी गरेको भन्ने युवतीले जाहेरी दिएको आधारमा खटिएको प्रहरी टोलीले सरदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी, इलाका प्रहरी कार्यालय महुलीले प्रहरी टोलीले ७० लिटर अवैध मदिरा नष्ट गरेको छ ।
जिल्लाको विभिन्न ठाउँबाट खोजतलास गर्नेक्रममा फेलापारेको उक्त अवैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बरामद गरिएको मदिरा जिल्लाको बकधुवा–९ महुली खोलामा स्थानीय मानिसको रोहबरमा नष्ट गरेको प्रहरीले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय कल्याणपुर र रुपनीबाट खटिएको प्रहरी टोलीले करिब गाजाको सय बोट नष्ट गरेको छ ।
जिल्लाको नेगडा गाविस वडा नम्बर–४, ५, ६ र शम्भुनाथ नगरपालिका ३ र ४ का स्थानीयले आफ्नो घर–करेसाबारीमा लगाएको उक्त गाँजाका बोट नष्ट गरेको प्रहरीले जनाएको छ । रासस


0 comments
प्रतिकृया दिनुहोस