सगरमाथा आरोहण गरेर तामाङ जातिको नयाँ इतिहास कोर्दै कान्छी माया तामाङ
काठमाडौँ । सिन्धुपाल्चोक जिल्ला भोताङ गाबिस निवासी २८ वर्षीया कान्छी माया तामाङले विश्वको अग्लो शिखर सगरमाथा चढ्न कम्मर कसेकी छिन् । अहिलेसम्म कुनै पनि तामाङ महिलाले सगरमाथा आरोहण नगरिएको हुँदा प्रथम तामाङ महिलाको कीर्तिमानी राख्ने योजना बनाएको हो ।
यतिखेर काठमाडौँमा उनले आगामी बसन्त ऋतुमा सगरमाथाको शिखर चुम्न साइकिलिङ र रक क्लाइम्बिङ गर्दै शारीरिक अभ्यासमा निरन्तर ध्यान दिई रहेकी छिन् ।
उनको यो अभियानमा चार चोटी विश्व कीर्तिमानी गिनेस बुक रेकर्ड होल्डर रोल्वलिङ्को विश्व प्रसिद्द आरोही पेम्बा दोर्जे शेर्पाले सम्पूर्ण व्यवस्थापन र यो आरोहण दलको नेतृत्व समाल्ने भएका छन् ।
आरोहण दलको नाम ‘द फस्ट तामाङ लेडी एभरेस्ट एक्सपिडिसन २०१७’ रहने महिला आरोही कान्छीमाया तामाङले जानकारी दिइन् । उनले थपिन्, ‘यो भन्दा अघि सन् २००८ मा पनि पेम्बा दोर्जे शेर्पा कै नेतृत्वमा प्रथम समावेशी महिला समूहले सगरमाथाको सफल आरोहण गरि विश्व कीर्तिमानी रेकर्ड राख्न सफल भइसकेको हुँदा मलाइ पनि आत्मविश्वास छ, मेरो यो आरोहण निश्चय नै सफल हुनेछ ।’
उनले यो अभियानलाई सफल पार्न सबै व्यक्ति, संघ सस्था र शुभ चिन्तकहरुलाई सहयोगको लागि अपिल गरिन् ।
तपाईंको सगरमाथा आरोहण सफल भएपछि के सन्देश दिन चाहनुहुन्छ ? भन्ने प्रश्नमा कान्छीमायाले भनिन्, ‘म जन्मेको सिन्धुपाल्चोक जिल्लामा नारीहरु अशिक्षित भएको कारणले चेलीबेटी बेचबिखान भएको जिल्ला भन्ने जुन किसिमको जनमानसमा पहिले देखिको नकारात्मक प्रचार छ । त्यसलाई चिर्दै तामाङ नारि पनि सक्षम, शिक्षित र बुझ्ने भैसकेकी छिन् भन्ने उदाहरण देखाउने मेरो पहिलो लक्ष्य हो । यो आरोहणमार्फत तामाङ महिलाहरुको प्रतिनिधित्व गर्दै नेपालको पर्वतीय पर्यटनमा योगदान दिई विश्वमा चिनाउने हो ।’

0 comments
प्रतिकृया दिनुहोस