अमेरिकी कलाकारहरू जसले ट्रम्पको सपथमा प्रस्तुति दिन माने/मानेनन्
अबको केही घण्टामा डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतिको सपथ खाँदैछन्। सो सपथ ग्रहण समारोहमा औपचारिक सपथको कार्यक्रमसँगै नयाँ अमेरिकी राष्ट्रपतिको स्वागतमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ। चुनावमा उम्मेदवारी दिएसँगै विभिन्न अभिव्यक्तिका कारण विवददित बनेका डोनाल्डको समर्थनमा पूरा अमेरिकी समाज नराम्ररी पक्ष र विपक्षमा देखिए। कुनै पनि अमेरिकी राष्ट्रपतिको उम्मेतवारको पक्ष-विपक्षमा अमेरेकी समाजका विभिन्त तहतप्का हदैसम्म पक्षपाती देखिए। यसमा तटस्थ रहन्छन् भनेर कल्पना गरिएका मिडिया र कलाकारसम्म पक्ष-विपक्ष आए।
राष्ट्रपतिका रूपमा सपथ खान केही घण्टा बाँकी रहँदा ट्रेम्पको उद्घाटन पार्टी भने विवादमा परेको छ. विवादमा पर्ने कारण भनेको उनको स्वागतमा हुने मनोरञ्जनात्मक कार्यक्रममा प्रस्तुति दिन स्वीकार र अस्विकार गरेका अमेरिकी कलाकारका कारण हो। उनीहरूले प्रस्तुति दिनेनदिनेमा खुल्लारूपले अभिव्यक्ति दिएका छन्।
यस समारोहलाई बराक ओबामाको समयमा रहेको कलाकारको उपस्थितिलाई हेर्ने हो भने कलाकारहरूको अनुहारका हिसाबले निक्कै कमजोर उपस्थिति मानिएको न्यूयोर्क टाइम्सले जनाएको छ। यसमा हुने कलाकारको उपस्थितिका ठीकठाक मात्र मानिएको छ।
ट्रम्पको आगमनको खुशीयालीमा स्टारहरूको सार्वजनिक रूपमा आएको विरोधको रवैयाका कारण ट्रम्पको अगमन स्वागत कार्यक्रम विवादित बनेको न्यूयोर्को टाइम्सले लेखेको छ। 'न्यूयोर्क टाइम्सले' यस समारोहका संचार निर्देशकले डिसेम्बरमा हवाला दिदैं यो समारोह कुनै मनसर्ट नभएकाले यसमा कसैको चासोको कुनै मतलब नहुने बताइसकेका छन्। यस्तो परिस।थितिका बिच ट्रम्पका लागि कार्यक्रममा प्रस्तुति दिने र नदिने कलाकारहरूको सूचि भने यस्तो छ:
साम मोरे: ६० को दशकका चर्चित गायक साम मोरेले आफ्नो ८२ वर्षे लामो जीवनकालमा अमेरिकाको थुप्रै उतारचढाव देखेको हुनाले नयाँ राष्ट्रपतिको स्वागतमा आफू उपस्थित भएर अमेरिकालाई अझ राम्रो बनाउनसँगै काम गर्ने बताएका छन्। उनले सारा अमेरिकीलाई यसमा साथ दिन पनि आवहान गरेका छन्।
द रककिट्स: अमेरिकामा चर्चित रहेको यो नृत्य समूहले पनि समारोहमा आफ्नो प्रस्तुति दिनेछ। केही समय अगाडी समूहका केही सदस्यले काम नगर्ने खबर सार्वजनिक गरेको थियो तर समूहले नचहानेलाई कर नगरिने पनि स्पष्ट पारिसकेको छ।
द मोरमोन टाबेरन्कल कोयर: यसअघि ५ सपथ समारोहमा प्रस्तुति दिएको यस भजनमण्डलीले पनि आफ्नो प्रस्तुति दिने भएको छ। करिब ३६० जना स्वयमसेवक रहेकी अमेरीकी चर्च सम्बद्ध यस समूहका १ व्यक्ति भने यसमा सहभागी हुनेछैनन्। समूहमा रहेकी जेन चेम्बरलिनले फेसबुकमा स्टाटस लेख्दै 'आफूले हिटलरलाई कहिल्यै गुलाबले हान्न नसक्ने भएकाले उनका लागि गीत गाउन सक्दिन' भनेर आफू बाहिरिको घोषणा गरेकी थिइन्।
ज्याकी एभान्चो: पूर्व 'अमेरिकाज गट ट्यालेन्ट'का उपाधि बिजेता सो कार्यक्रममा उपस्थित हुने एक्ला सर्वाधिक स्टारका रूपमा देखापरेका छिन्। उनले ओबामाका लागि पनि गीत गाएकी थिइन्।
टोबाइ केथ: अमेरिका ठूला स्टारमा पर्ने उनले कार्यक्रममा गीत गाएकै विषयमा कसैसँघ माफी नमाग्ने भन्दै सहभागिताको जनाउ दिइसकेका छन्।
जोन भोइगट: कुनै प्रस्तुति नदिए पनि उनी कार्यक्रममा सहभागी हुनेछन्। हलिउडका 'ए' लिस्टर स्टारमध?येका उनी कार्यक्रममा सहभागी हुने एक्ला कलाकार हुन्। उनले ट्रम्पलाई सुरूदेखि नै समर्थन गर्दै आइरहेका छन्।
थ्री डोरस डाउन: कुनै समय चर्चामा रहेको तर हाल गुमनामजस्तै रहेको यस सागीतिक समूहले प्रस्तुति दिने जनाइसकेको छ।
लि ग्रिनउड: उनको यो चौथो सपथग्रहण समारोह हुनेछ। उनी 'गड बेल्स यूएसए' गीतका लागि अमेरिकाभर चर्चित छन्।
द पियानो गाइज: क्लासिकल गीतका लागि चर्चित समूहले सहभागी हुने जनाइसकेको छ।
यसैगरी कार्यक्रममा सहभागिताका लागि तयार रहेको जनाउनेमा 'द स्टार स्प्र्याङ्गल्ड सिङ्गर्स', 'द रेगन इयरस', द मिक्स', 'द प्लेस टु बि ट्रायो', बिउ डेभिडसन। डिजे रोमिन, डिजे फ्रिडम आदि रहेका छन्।
त्यस्तै ट्रम्पको सो समारोहमा काम गर्न अस्विकार गर्नेको सूचि झन ठूलो रहेको छ। थुप्रै 'ए' लिस्टर हलिउड स्टारहरूले चुनावदेखी नै उनको विरोध गर्दै आइरहेका छन्। ट्रम्पको विरोध गर्दै प्रस्तुति दिन अस्विकार गरेका कलाकारको सूचि भने यस्तो छ:
रेबिका फर्गुसन: गायिका रेबिका फर्गुसनले प्रस्तुति दिने प्रस्तावलाई अस्विकार गरेकी छण्। उनले त्यहाँ थुप्रै ग्रे एरिया भएकाले आफू सहभागी हुन नसक्ने जनाएकी छन्।
एल्टन जोन: ओबामो जीतलाई संसारका लागि खतरा भन्दै आएका एल्टनले पनि कार्यक्रममा गाउने छैनन्।
आर केली: आर एण्ड बी गीतका लागि चर्चित आर केलीले आफू सहभागी हुने भर्ममा नपर्न ट्विटबाट आग्रह गरिसकेका छन्।
कायन वेस्ट: चर्चित र्याप गायक कायन वेस्ट पनि कार्यक्रममा सहभागी नहुने पक्का भइसकेको छ।
त्यसैगरी टाइटनिक गीतकी चर्चित गायका सिलोन डियोन, केटी पेरी, सान्ष्रा बुलक जसता स्टाले पनि कार्यक्रममा सहभागिता नजनाउने बताइएको छ।

0 comments
प्रतिकृया दिनुहोस