पहिलो पालीमा ५ सय ३९ रन बनाए पनि हार्यो बंगलादेश
माघ ३ – पहिलो पारीमा ५ सय ३९ रन बनाए पनि बंगलादेश न्युजिल्याण्डसँगको पहिलो टेस्ट क्रिकेटमा पराजित भएको छ
पहिलो पारीमा ५६ रनको अग्रता लिएको बंगलादेश दोश्रो पारीमा गतिलो प्रदर्शन गर्न नसक्दा ७ विकेटले पराजित भएको हो । बंगलादेशले दोश्रो पारीमा १ सय ६० रन मात्र बनाउन सक्यो, जसका कारण खेल बराबरीमा टुंग्याउन पनि बंगलादेश असफल रह्यो । दोश्रो पारीमा न्यूजिल्याण्डका केन विलियम्सन १ सय ४ रनमा नटआउट रहे भने रोश टेलरले ६० रन बनाए । दोश्रो पारीमा बंगलादेशका सब्बिर रहमाने ५० र इमरुल कायजले नटआउट ३६ रन बनाए पनि अरु ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । उसका ६ जना ब्याट्सम्यान दोहोरो अंकमा रन नबनाइ पेविलियन फर्किएका थिए । पहिलो पारीमा दोहोरो शतक बनाएका शकिब अल हसन दोश्रो पारीमा शुन्यमा आउट भए भने पहिलो पारीमा १ सय ५९ रन बनाएका मुसफिकर रहिमले १३ रन मात्र बनाउन सके । न्युजिल्याण्डका ट्रेण्ट बोल्टले तीन तथा मिचेल स्याण्ट्नर र नेल वाग्नरले दुईदुई विकेट लिए । पहिलो पारीमा ८ विकेट गुमाएर ५ सय ९५ रन बनाउँदै बंगलादेशले पारी समाप्तीको घोषणा गरेको थियो भने जवाफमा न्युजिल्याण्डले ५ सय ३९ रन बनाएको थियो । जितसँगै न्युजिल्याण्डले दुई टेस्टको श्रृँखलामा १–० को अग्रता लिएको छ । -source





0 comments
प्रतिकृया दिनुहोस