‘नेपालको पानी जनताको लगानी’ मा १८ हजारको आवेदन

काठमाडौं – उर्जा मन्त्रालयले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा बिहिबारसम्मको व्यक्तिगत तर्फको लगानी प्रतिबद्धता १ अर्व ५१ करोड ६९ लाख ५७ हजार १ सय ३५ रुपैयाँ रहेको छ । त्यस्तै संस्थागत तर्फ एक अर्व ५६ करोड ९१ लाख ३२ हजार १ सय ३६ रुपैयाँ पुगेको छ । मन्त्रालयले सर्वसाधारणलाई अनलाइनमार्फत उर्जामा लगानी गर्न आवेदन खुलाएपछि दैनिक आवेदन दिनेको लर्को लागेको हो । मन्त्रालयका अनुसार बिहिबार चौथोे दिनमात्रै सर्वसाधारणबाट २३ करोड ५६ लाख ६७ हजार ६ सय ५५ रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ भने कम्पनीतर्फ भने ५२ करोड १७ लाख ५० हजार १ रुपैयाँ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म व्यक्तिगत १८ हजार २ सय ७ र कम्पनीतर्फको संख्या १६ पुगेको छ । -source

0 comments

प्रतिकृया दिनुहोस