चीनका कृतिम टापुमा अमेरिकाले नाकाबन्दी गर्ने

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सचिवालयका सदस्यका उम्मेदवारमध्ये एक रेक्स टिलरसनले चीनले दक्षिण चीन सागरमा बनाएको मानवनिर्मित टापुमा अमेरिकाले नाकाबन्दी लगाउनुपर्ने बताएका छन् । उनको यो अभिव्यक्तिले बेइजिङसँग अमेरिकाको सम्बन्धलाई चिसो बनाउन सक्ने विश्लेषण गरिएको छ । बेइजिङ अन्य देशले दाबी गरिरहेको दक्षिण चीन सागरमा चीनले टापु निर्माण गरिरहेको भन्दै सो क्षेत्रमा अमेरिकाले नाकाबन्दी लगाउनुपर्ने उनले बताएका हुन् । अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित टिलरसनले चीनको यो काम रुसले क्रिमियालाई युक्रेनबाट कब्जा गरेको घटनासँग तुलना गरेका छन् । -source

0 comments

प्रतिकृया दिनुहोस