अमेरिकाबाट सिधै दिल्ली पुगे परराष्ट्रमन्त्री
काठमाडौं, ४ माघ । परराष्ट्रमन्त्री प्रकाशशरण महत अमेरिकाबाट सिधै दिल्ली पुगेका छन् । गैर आवासीय नेपाली संघ (एनआरएन) ले टेक्सासमा आयोजना गरेको कार्यक्रममा भाग लिन अमेरिका पुगेका महत त्यहाँबाट सिधै दिल्ली पुगेका हुन् ।
महत भारतीय विदेश मन्त्रालयले आयोजना गरेको राइसिना डाइलग नामक कार्यक्रममा भाग लिन दिल्ली पुगेका हुन् । परराष्ट्रमन्त्री भएको ६ महिनाको अवधिमा उनी भारत पुगेको यो छैटौ पटक हो । उनले दिल्लीमा उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्ने नयाँ दिल्ली स्थित नेपाली राजदुताबासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । महतले सोमबार भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेको छन् । भेटवर्तामा महतले संविधान संशोधन र समसायमयिक राजनीतिक अवस्थाका बारेमा बिफ्रिङ गरेको बताइएको छ । -source

0 comments
प्रतिकृया दिनुहोस