कृष्ण सुवेदीको मृत्युमा दीपकराज दोषी कि निर्दोषी !

चलचित्र छक्का पञ्जाले नेपाली चलचित्र बजारमा व्यापारबाट चर्चा सेलाउन नपाउदै आत्महत्याको माध्यमबाट विवादमा परेको छ । महिला निर्देशक दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रले सय दिन मनाएर नयाँ रेकर्ड पनि कायम गर्यो । तर, सय दिन मनाएको उल्लासकै बीच चलचित्र पाइरेसी भएर युट्युव मार्फत सार्वजनिक भयो ।‘छक्का पञ्जा’ पाइरेसी भएपछि युट्युबमार्फत चलचित्र आधिकारिक रूपमा सार्वजनिक पनि गरियो ।

यही क्रममा ‘छक्का पञ्जा’को पाइरेसी मुद्दा खेपिरहेका युवामध्येका एक कृष्ण सुवेदी ले आत्महत्या गरे ।विदेशमा रहेका निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो चलचित्र पाइरेसी भएर विदेशमा देखाउन नपाएको गुनासो सहितको फेसबूक स्टाटस लेखेका थिए । उनले स्टाटसमा दोषीलाई कानून अनुसारको कारवाही हुने कुरा पनि उल्लेख गरेका थिए ।सुवेदीले लेखेको सुसाइड नोटको आधारमा उनको परिवारले यो आत्महत्या नभई हत्या भएको आरोप लगाएको छ । यही कुरालाई लिएर सामाजिक सञ्जालमा दीपकको चर्को आलोचना भइरहेको छ ।

‘छक्का पञ्जा’को टोलीमाथि सुवेदीलाई धम्क्याएको आरोप लाग्यो ।यता दीपकले फेसबूकमा स्टाटस लेख्दै आफू दोषी देखिए सजाय भोग्न तयार भएको समेत प्रस्ट पारे । हास्यकलाकार केदार घिमिरे (माग्ने बूढा)ले दीपकलाई आफूले धेरै पहिलेबाट चिनेको बताउँदै उनी अरूलाई धम्क्याउने खालको मान्छे नभएको बताएका छन् ।दीपकले यसभन्दा पहिले एक युवाले चलचित्र पाइरेसी गर्दा पनि उसको जिन्दगी बिग्रन्छ भनेर सामान्य चेतावनी दिएर छाडिदिएको स्मरण गरेका छन् ।

‘आरोप सत्य प्रमाणित भएमा सजाय भोग्छु भन्दाभन्दै पनि आरोप लाग्दैमा मानिसले यसरी गाली नगरेको भए हुन्थ्यो’ उनले फेसबुकमा दुखेसो पोखेका छन् । आत्महत्या भएको हो कि हत्या हो भन्ने विषयमा प्रहरीले अझै अनुसन्धान गरिरहेको छ ।

0 comments

प्रतिकृया दिनुहोस