माघे संक्रान्तिमा खाइने तिलको लड्डुले तौल घटाउँछ, थाहा पाउनुस् अन्य १० अपत्यारिला फाइदा

माघे संक्रान्ति हिन्दुहरुले मनाउने विभिन्न चाड मध्येको एक हो । यो नेपाललगायत भारतमा पनि मनाइने गरिन्छ । यो दिनमा घ्यू, चाकू, तरुल, तिलको लड्डुलगायत विभिन्न खानेकुरा खाने गरिन्छ । यस दिन तिलको लड्डुले विशेष महत्व राखेको हुन्छ । हामीमध्ये धेरैलाई मनपर्ने तिलको लड्डुले स्वास्थ्यमा विभिन्न फाइदा पुर्याउँछ भन्ने बारे धेरैलाई थाहा नहोला । जाडोयाममा यस्तो लड्डु खाँदा शरिरमा चिसोको असर कम हुने गर्दछ । तौल कम गर्छः तिलको लड्डु सख्खरको मिश्रणले बनाइने भएकाले यी दुईको सेवनले शरिरको मेटाबोलिजम बढाएर तौल कम गर्न सहयोग गर्दछ । सुन्दरता बढाउँछः तिलसँगै सख्खर खाँदा शरिरको टक्सिन बाहिर आउँछ जसले छालालाई नरम र चम्किलो बनाउँछ । मुटु रोगः यसमा पोटासियम हुन्छ जसले मुटु रोगको समस्याबाट बच्न सहयोग पुर्याउँछ । रुघा खोकीः यो खाँदा शरिरमा प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ र रुघा खोकीबाट राहत प्रदान गर्दछ । क्यान्सरः तिलमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरको सेल्सको गठन हुन रोकिदिन्छ ।

जोर्नी दुखाईः यसमा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन सहयोग गर्दछ र जोर्नी दुखाईबाट राहत प्रदान गर्दछ । पाचनमा सहयोगः शख्खरमा र तिलमा फाइबर हुन्छ जसले पाचन शक्तिलाई बलियो बनाउँछ र कब्जियतको समस्याबाट बचाउँछ । चोटपटकः यसमा जिंक हुन्छ जसले चाँडै नै चोटपटक ठिक गर्न सहयोग गर्दछ । गर्भावस्थामाः सख्खर र चनामा आइरनको मात्रा अत्यधिक हुन्छ जसले गर्भावस्थाको क्रममा रगतको कमी टाढा राख्न मद्दत गर्दछ । माघे संक्रान्तिमा किन खाइन्छ तिलको लड्डु ? यस्तो छ वैज्ञानिक कारण माघे संक्रान्तिमा तिल र सख्खरको सेवन गर्नुको पछाडि पनि वैज्ञानिक कारण छ । चिसो मौसममा जब शरिरलाई गर्मीको आवश्यकता हुन्छ तब तिल–सख्खरको यो लड्डुले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । तिलमा तेलको प्रचुरता हुन्छ र यसमा प्राटिन, क्याल्सियम, बी कम्प्लेक्स र कार्बोहाइड्रेट आदि तत्व पाइन्छ । यसका साथै सख्खरले पनि शरिरमा गर्मी पैदा गर्छ । तिल र सख्खर मिसाएर जुन लड्डु बनाइन्छ त्यसले चिसो मौसममा हाम्रो शरिरलाई आवश्यक गर्मी प्रदान गर्छ -source

0 comments

प्रतिकृया दिनुहोस