भक्तपुरमा भेटियो विद्युत् चोर्ने नयाँ शैली

भक्तपुर, सामान्यतया कसैले पत्ता लगाउन नसक्ने विशेष प्रकारको विद्युत् चुहावट भक्तपुरमा हुने गरेको पत्ता लागेको छ । विद्युत्को खपत मापन गर्ने मिटरभित्रै तार घुसाएर (मिटरमा इन्टरनल लुक)विशेष प्रकारले भक्तपुरमा विद्युत् चुहावट हुने गरेको पत्ता लागेको हो । भक्तपुरमा देशको कुनै पनि ठाउँमा फेला नपरेको विशेष प्रकारको चुहावट पहिलोपटक फेला परेको प्राधिकरणले जनाएको छ । यस्तो चोरी विद्युत् प्राधिकरणका कर्मचारीबाहेक कसैले पनि पत्ता लगाउन सक्दैनन् ।नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले विद्युत् चुहावटविरुद्ध थालेको अभियानका क्रममा लामो समयको अध्ययनपछि विशेष प्रकारबाट विद्युत् चुहावट हुने गरेको फेला पारेको हो । कार्यालय प्रमुख विक्रम अमात्यका अनुसार हुकिङ राखेर विद्युत् चुहावट हुने गरेको यसअघि फेला परे पनि प्राधिकरणका प्राविधिकको विशेष अनुसन्धानबाट फरक खालको विद्युत् चुहावट फेला पारेको हो । यस्तो चोरी स्थानीय बिजुलीको काम गर्ने व्यक्तिको मिलेमतोमा मात्र सम्भव हुने गरेको पाइएको छ । -source

0 comments

प्रतिकृया दिनुहोस