अब उपत्यकाको ट्राफिक व्यवस्थापनको निगरानी ड्रोन क्यामेराबाट हुने
काठमाडौं । उपत्यकामा ट्राफिक जाम कम गर्न र व्यवस्थापन गर्न अब ड्रोन क्यामेराको प्रयोग गरिने भएको छ । ट्राफिक प्रहरी महाशाखालाई शुक्रबार एनएमबी बैंकले ड्रोन क्यामेरा हस्तान्तरण गरेको छ । प्रहरीले उक्त ड्रोन क्यामेरा चलाउन चार जनालाई तालिम दिइएको महाशाखाले जनाएको छ । चार मध्ये एक जनाले ट्राफिक महाशाखामा बसेर उपत्यकाको सवारी जामको निगरानी गर्नेछन् । -source


0 comments
प्रतिकृया दिनुहोस