लामाको चुलो

-सुरज कुँवर पुस २९, २०७३- न मेनु छ । न त वाईफाई । भित्र पस्नेबित्तिकै रेस्टुरेन्ट वा क्याफे जस्तो नि लाग्दैन । सामुदायिक स्कुलका जस्तै बेन्च र चारखुट्टे टेबल छन् । वेटर अर्डर टिप्न नि आउँदैनन् । भान्साभित्र तामाङ लुक्स भएका महिला डेक्चीमा भात पकाउँदै देखिन्छन् । कुकरमा दालको सिट्ठी लाग्दैछ । बाहिर टेबलमा हात धोएर बसेकाले अर्डर टिपाएको सुनिन्छ, ‘ल दुई ठाउँमा खाना लगाइहाल्नुहोस् हतार छ । काममा फर्किहाल्नुपर्ने छ ।’

0 comments

प्रतिकृया दिनुहोस