शाहरुख खान जत्तीकै पारीश्रमीक मागेपछि करणले हटाएका थिए फिल्मबाट करीनालाई
बलिउडका फिल्म निर्माता करण जौहरले आफ्नो बायोग्राफि सार्बजनिक गरे संगै उनको बिभिन्न निजि जिन्दगीको कुराहरु सार्बजनिक भइ रहेका छन ।अभिनेत्री काजल संग उनको सम्बन्ध चिसीएको छ ।अर्की अभिनेत्री करीना कपुरलाई पनि फिल्मबाट निकाल्नु परेको र करीब एक बर्ष सम्म उनिहरुको सम्बन्ध चिसो रहेको कुरा पनि उनले आफ्नो पुस्तकमा खुलाएका छन ।करीना कपुरलाई करणको फिल्म कल हो ना हो मा लिने तयारीमा भए पनि करीनाले शाहरुख खानको जत्तीनै पारीश्रमीक डिमाण्ड गरेपछि करणले उनलाई हटाएको बताएका छन ।करणका पिताको उपचारको क्रममा करीनाले निकटता देखाए पछि अहीले सम्म उतार चढाब नआएको पनि उनको तर्क छ ।अर्का अभिनेता शाहरुख खान संगको उनको सम्बन्ध पनि बिग्रिएपनि पछि बिस्तारै सामान्य भएको करणले जनाएका छन ।



0 comments
प्रतिकृया दिनुहोस