कुन कम्पनीको इन्टरनेट जोड्दा कति शूल्क ?
नेपालमा अहिले आधा दर्जनभन्दाब बढी प्राइभेट इन्टरनेट प्रदायक संस्थाहरु छन्। उनीहरुले ग्राहक तान्नका लागि समय समयमा विभिन्न अफरहरु ल्याउने गरेका छन्। अहिले वल्र्डलिंक, सुविसु, भायोनेट वेभसर्भरले नेपालमा सेवा दिइरहेका छन्। वल्र्डलिंकले सबैभन्दा बढी ग्राहक आफ्नो भएको दाबी गरेको छ। इन्टरनेट भनेको कम्प्युटर विद्युतीय प्रविधि अन्तर्गत विकास भएको एक विश्वव्यापी सञ्जाल हो । जसमा संसार भरिका कम्प्युटर र सोसँग सम्बन्धित उपकरणहरुको एक अर्कासँग सम्पर्कमा रही सुचनाहरु आदान प्रदान गर्न सक्छन। नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ मध्ये ५३.२९ प्रतिशत अर्थात १ करोड ४१ लाख २० हजार ५ नेपाली इन्टरनेटको पहुँचमा पुगेका छन। नेपालमा इन्टरनेट प्रयोगकर्ता बढदै जाँदा इन्टरनेट प्रदायक कम्पनिको संख्यामा पनि बृद्धि हुँदै गएको छ।प्राधिकरणका अनुसार कुल इन्टरनेट प्रयोगकर्ता मध्ये वायरलेस मोडेम सेवा लिने ४८ हजार ६ सय १२ तथा फाइबर मोडेम सेवा लिने १ लाख ९ हजार ७ सय ३९ को संख्यामा रहेका छन। इन्टरनेट प्रदायक कम्पनीहरुले ग्राहक आर्कषित गर्न विभिन्न अफर ल्याउने गरेका छन् जस अन्र्तगत पछिल्ला स्किममा सेवा तथा शूल्क यस्ता रहेका छन्। सुबिसु सुबिसुले आफ्नो १६ औँ वार्षिकत्सवको अवसरमा इन्टरनेट र क्लियर टिभीमा ५० प्रतिशत छुटको अफर ल्याएको छ । सुबिसुका अनुसार ग्राहकले केबल २ हजार ९ सय ९९ रुपैंयाँमा तिरी २ महिनाको क्लियर टिभी वा ७ हजार ९ सय ९९ मा ३ महिना तिरी २ एमबिपिएसको अनलिमिटेड इन्टरनेट र क्लियर टिभी कम्भो अफर अन्तर्गत सेवा लिन सक्नेछन्। यो वाहेक शूल्क विवरण यस्तो छ -source


0 comments
प्रतिकृया दिनुहोस